इलाम सदरमुकाममा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

इलाम :  इलाम जिल्ला क्रिकेट संघले अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

जेठ १५ गते देखि श ३० गते सम्म हुने प्रतियोगितामा १४ वटा विद्यालयले इन्ट्री पनि गरि सकेका हुन ।  इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगिता ट्वान्टी–ट्वान्टी नकआउट प्रतियोगिता हुने छ । रिजव डे सहित खेलाएको खेलमा डकफरलुइस नियाम लागु हुने छैन ।

इलाममा समुह चरणका खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यका साथ खेल आयोजना हुन लागेको हो । इलाममा क्रिकेट खेलका लागि खेल मैदानको समस्याका कारण खेलाडीहरु उत्पादन हुन सकेको छैनन् । इलामको एकमात्र फुटवल खेल मैदन ठूलो टुंडिखेलमा पनि क्रिकेट खेलको लागि खेल मैदन सानो हुने गरेको छ ।

विद्यालय स्तरको खेलको लागि मैदन प्रयप्त भए पनि सिनियर टिमको लागि मैदान सानु हुने र यसको विकल्प खेज्दै गरेको जिल्ला क्रिकेट संघका अध्यक्ष मानवहादुर राईले पत्रकार सम्मेलन कार्यक्रममा बताए । दुई बर्ष देखि नभएको इलाम प्रिमियर लिगको पनि तयारी गरी रहेको राईले बताए ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, ताप्लेजुङ जिल्लाका सात टिम र एउटा पाहुना टिम समेत गरेर आठ ओटा टिमको सहभागिता रहने इलाम प्रिमियर लिग आगामी दशै तिहारको विचमा गराउने पनि उनले जानकारी गराए ।

प्रतियोगितामा समुहचणका १ जना खेलाडि प्रत्येक टीमले प्लेङ इलेभेनमा राख्नुपने अनिर्वाय नियाम बानाउने र जिल्ला वाहीरका ४ जना खेलाडी टीमा राख्न पाउने र खेलमा भने ३ जना मात्र खेलाउन पाउने व्यवस्था गर्ने पनि वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार