सन् २०२३ देखि पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु हुनेछ  

  निनाम लोवात्ती
133 Shares

निनाम लोवात्ती

पछिल्लो समाचारअनुसार सन् २०२३ को पहिलो महिना अर्थात् जनवरी महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५५ हजार ७४ जना रहेको छ । यो तथ्यांक भनेको गत वर्षको सन् (२०२२) को तथ्यांकभन्दा लगभग तीन गुणाले बढी हो । किनकि, सन् २०२२ को पहिलो महिना अर्थात् जनवरी महिनामा १६ हजार ४३६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । सो तथ्यांक हवाई मार्ग भएर नेपाल भित्रिएका विदेशी पर्यटकको तथ्यांक मात्रै हो ।

त्यसो त हाम्रो देशमा सन् २०२२ मा पनि अनपेक्षित ढंगले नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या बढ्यो । किनभने, हामीले औपचारिक रुपमा बाहिर जे भनिएको भए तापनि, प्रचारप्रसार गरिएको भए तापनि सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुको संख्या बढीमा चार लाखदेखि साढे चार लाखसम्म विदेशी पर्यटक नेपाल भ्रमणमा आउलान् कि ? भन्ने ‘रफ’ अनुमान गरिएको थियो । तर, अनुमान विपरित सन् २०२२ मा छ लाख १४ हजार १२८ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरे । जुन संख्यालाई नेपाली पर्यटन व्यवसायीहरुले अपेक्षा गरेका थिएनन् । जे भए तापनि अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कसरी बढाउने भन्ने विषयका साथसाथै उनीहरुको नेपाल बसाई अवधि र नेपाल बसाईको क्रममा उनीहरुले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढोत्तरी गर्ने भन्ने ? भन्ने सम्बन्धमा पनि हामीले विचार-मन्थन सुरु गर्नुपर्ने देखिन्छ । हुनत यो वर्षको पहिलो महिनामा जस्तै बाँकी ११ महिनामा पनि लगातार रुपमा तीन गुणाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेमा सन् २०२३ मा १९ लाख चानचुन विदेशी पर्यटक नेपाल भित्रिने देखिन्छ । तर, त्यस्तो त संभव देखिँदैन । सन् २०२३ मा बढीमा साढे नौ लाखदेखि १० लाख अथवा साढे १० लाखसम्म विदेशी पर्यटक नेपाल आउलान् कि ?

जे भए तापनि अब हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउनुका साथसाथै गुणस्तरलाई पनि ध्यान दिँदै जानुपर्ने देखिन्छ । हुन पनि नेपालले मात्रै नभएर, आप्mनो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकक पेसा खर्च गर्न सक्ने होस् भन्ने प्रयास विश्वभरिका देशहरुले गर्ने गरेको देखिन्छ । जस्तै सार्क राष्ट्रको छिमेकी देश भुटान, नेपालको उत्तरी छिमेकी देश चीन, फ्रान्स, जर्मनी, इटली, माल्दिभ्स, नर्बे, अष्ट्रिया, नेदरल्यान्ड, सिंगापुर, मकाउ, हङकङ, भियतनाम, युगान्डा, कम्बोडिया, इन्डोनेयिा, फिलिपिन्स, टर्की आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । अझ उत्तरी छिमेकी देश चीन र भुटानले त आप्mनो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरुका लागि त ‘तिमीहरुले हाम्रो देशमा भ्रमण गर्ने क्रममा दैनिक यति अमेरिकी डलर खर्च गर्नेपर्छ !’ भनी सीमा नै तोकिदिएको छ भने बाँकी देशरुहले पनि आ-आप्mनो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरुका लागि दैनिक रुपमा प्रति दिन यति अमेरिकी डलर खर्च गर्नेपर्छ भनी सीमा नै नतोकेको भए तापनि सकेसम्म धेरैभन्दा धेरै खर्च गर्न सक्ने पर्यटकलाई मात्रै भित्र्याउनेतर्पm ध्यान दिएका छन् ।

हुन पनि हालसम्म हाम्रो देश नेपाल चाहिँ पर्यटन क्षेत्रको भाषामा ‘ब्याक-प्याकर’ अथवा ‘वेस्ट टुरिस्ट’ (वातावरण, स्थानीय संस्कार, संस्कृति, रहनसहन आदि नष्ट गर्ने) पनि भनिने कम खर्च गर्ने हल्लाखल्ला धेरै गर्ने ‘लो क्वालिटी’का विदेशी पर्यटकको ‘हब’ नै भएको देखिन्छ । त्यस्ता विदेशी पर्यटकहरु आपूmले खाएको र बसेको ‘-रेस्टुरेन्ट, होटल, लज, होम स्टे, गेस्ट हाउस’ आदिमा खाएको, बसेको खर्चमा छुट माग्नेसम्म गरेको देखिन्छ । अब त्यस्ता विदेशी पर्यटकको संख्या वार्षिक रुपमा २५ लाख, ३० लाख, ३५ लाख मात्र होइन, ४५ लाख ५० लाख, ५५ लाख, ६० लाख नै नेपाल भ्रमण गर्न आए तापनि नेपाली पर्यटन क्षेत्रले आर्थिक रुपमा अपेक्षित फाइदा लिन सक्दैन भन्ने पक्का छ । त्यसमाथि नेपालमा हवाई उडान गर्ने प्रायः सबै हवाई सेवा कम्पनीहरु विदेशी एयरलाइन्सहरु नै रहेका छन् । भएका केही नेपाली एयरलाइन्सहरु पनि जस्तो कि, नेपाल वायुसेवा निगम, हिमालय एयर, बुद्घ एयर, सिम्रिक एयरलाइन्स, यति एयरलाइन्स, सौर्य एयरलाईन्स लगायत अन्य एयरलाइन्सहरुले पनि भारत, हङकङ, कतार, चीन, साउदी अरब, मलेसिया आदि देशका सीमित सहरमा मात्रै उडान गरिरहेका छन् ।

त्यस कारणले गर्दा हालसम्म नेपाल आउने जति पनि विदेशी पर्यटकहरु छन्, उनीहरुमध्ये धेरै जसोले अधिकांश विदेशी कम्पनीका एयरलाइन्समै यात्रा गर्ने गरेका छन् । जसको सीधा असर उनीहरुले यात्रा गर्ने क्रममा तिरेको टिकटको पैसा पनि विदेशमै गई रहेको छ । यसरी हेर्दा जति विदेशी पर्यटक नेपाल भ्रमण गर्न आई रहेका छन्, उनीहरले टिकटवापत तिर्ने गरेको रकम पनि विदेशी एयरलाइन्सहरुलाई नै कमाउन नदिन स्वदेशी एयरलाइन्सहरुलाई विभिन्न देशमा उडान गर्न दिन नेपाल सरकारले ती देशका सरकार प्रमुखहरसँग पहल गर्नुपर्ने देखिन्छ । त्यसैले हामीले अब नेपाली एयरलाइन्सहरुलाई जति सक्दो धेरै देशमा हवाई उडान गर्न प्रोत्साहित गर्नु पर्छ । अर्को भनेको हामीले थाहा पाएकै कुरो हो कि, सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’को महामारी हाल लगभग मत्थर भएको छ । हुनत कतिपय देशमा अभैm पनि नयाँ-नयाँ (चिकित्सकीय भाषामा भेरियन्ट भनिन्छ क्यारे ?) रुपमा पैmलिरहेको भन्ने समाचारहरु कताकती आई रहेको पनि छ । तर, हाल पैmलिरहेको कोरोनाको नयाँ-नयाँ रुप अर्थात् ‘भेरियन्ट’हरु त्यति असरदार रहेको देखिँदैन । अबका नयाँ ‘भेरियन्ट’पनि हरु संभवतः त्यति असदार रहने छैनन्, जति सुरुका दिनमा पैmलिएको कोरोना भाइरसको असर रहेको थियो ।

यसरी हेर्दा सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण-पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड-१९) को महामारीका कारण सन् २०२० र सन् २०२१ मा जसरी विश्व पर्यटन क्षेत्रमा ‘डाउन-फल’ भयो, अब (सन् २०२३ देखि) विश्व पर्यटन क्षेत्रमा ‘अप-राईज’ सुरु हुनेछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार