बुधबारदेखि माङमालुङ गोल्डकप हुँदै

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित डोलटारमा बुधबारदेखि माङमालुङ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द जन्म जयन्तीको अवसरमा सञ्चालन हुन लागेको प्रतियोगिता डोलटार खेलमैदानमा संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार ९१ रुपैयाँ र उपविजेताले नगद २५ हजार ९१ रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार