चतुरे गोलकप : सिक्तेम्बा ‘ए’ र माङमालुङ एफसी विजयी

इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगितामा सिक्तेम्बा ‘ए’ र माङमालुङ एफसी विजयी भएका छन् ।

पहिलो खेलमा पावा ‘ए’ लाई १-० को संघर्षपूर्ण जित निकाल्दै सिक्तेम्बा ‘ए’ विजयी बन्यो । दोश्रो खेलमा माङसेबुङ २ (साबिक इभाङ ३) लाई ३-१ गोल अन्तरले पराजित गर्दै माङमालुङ एफसी विजेता बन्यो ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १८ कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार