माङसेबुङमा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

  नयाँ बुलन्द
567 Shares

माङसेबुङ :  ईलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङमा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व आत्महतत्य रोकथाम दिवसका अवसरमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) माङसेबुङ गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा आत्महत्या र रोकथामका उपायका विषयमा अन्तरकृया भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका २ का वडाअध्यक्ष कृष्णबहादुर बस्नेतले समाजमा विकृति, विसङ्गति जस्ता कृयाकलापले पनि डिप्रेशन र आत्महत्या जस्ता कुराहरू हुने भन्दै यी र यस्ता बिषयमा आफू र वडा कार्यलयले निर्वाह गर्नुपर्ने भूमिकामा पछि नहट्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य प्रमिता धमला, महिला सदस्य बिष्णुमाया मगर, नेकपा एमालेका मित्र खड्का, स्वास्थ्यकर्मी सपना मगर, चण्डीका चेम्जाङ, शिक्षक दुर्गा मैनाली लगायतको उपस्थिती थियो ।

कार्यक्रममा वित्तीय साक्षरता सहजकर्ता बिपिन खुलाल र मनोसामाजिक परामर्शकर्ता विद्या लिम्बुले सहजीकरण गरेका थिए ।

कार्यक्रम इभाङ स्वास्थ्य चौकीमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार