एसईईमा कति जीपीए ल्याएकाले ११ मा कुन विषय पढ्न पाउँछन् ?

  नयाँ बुलन्द
427 Shares

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ मा कुन विषय पढ्ने भन्ने अन्योल विद्यार्थीहरूमा देखिन्छ । आफ्नो जीपीएका आधारमा कक्षा ११ मा विद्यार्थीले विषय रोज्न पाउनेछन् । त्यसका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले मापदण्ड बनाएको छ ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम जीपीए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ । कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषयबाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याएको हुनुपर्ने प्रावधान छ ।

यो वर्ष २०७७ साल २ असोजमा भएको निर्णयलाई नै कार्यान्वयन गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता बाबुराम ढुंगानाले बताए ।

बुधबार सार्वजनिक भएको २०७८ सालको एसईईमा ३.६ देखि ४ जीपीए ९ हजार ६ सय ३३ जना, ३.२ देखि ३.६ जीपीए ४१ हजार ६ सय २७ जना, २.८ देखि ३.२ जीपीए ६९ हजार ९ सय, २.४ देखि २.८ जीपीए ९० हजार ७ सय ५८ जना, २ देखि २.४ जीपीए १ लाख १२ हजार ७ सय ३३ जना, १.६ देखि २ जीपीए १ लाख ५ सय ९४ जना, १.२ देखि १.६ जीपीए ४४ हजार ५ सय ८६ र ०.८ देखि १.२ जीपीए ३ हजार २ सय ८० विद्यार्थीले ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार