प्रथम देउमाई गोल्डकप : ओएसिसको जित सुरुवात

इलाम    : ओएसिस फूटबल क्लबले इलामको देउमाईमा जारी प्रथम देउमाई आमन्त्रण गोल्डकपमा जितको सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा ससस्त्र प्रहरीलाई शुन्यका बिरुद्ध दुई गोल गर्दै प्रतियोगितामा जितको सुरुवात गरेको हो ।
प्रतियोगिताको मध्यान्न समयसम्म दुबै टीमबाट गोलहुन सकेन । मध्यान्न अधिसम्म बराबरीमा खेले पनि मध्यान्न पछिकको १९ औँ मिनेटमा ओएसिसका तर्फबाट गोल गर्दै अग्रता कायम भयो । मध्यान्न पछिको १९ औँ मिनेटमा जर्सी नम्वर ७ का खेलाडी मोहन टुण्डुले गोल गर्नुभयो । त्यस्तै ३१ औँ मिनेटमा जर्सी नम्बर १३ का खेलाडी सन्तोस रम्तेलले अर्को गोल गर्दै नतिजा बोब्बर बनाउनुभयो । धेरै अवसर गुमाएको ससस्त्र प्रहरीका खेलाडीले गोल गर्न नसक्दा पहिलो चरणबाट नै बाहिरिनु पर्यो ।

आजको खेलको म्यान अफदि म्याच बिजेता टीमका जर्सी नम्बर सातका खेलाडी मोहन टुण्डु घोषित हुँदै नगद पुरस्कार समेत हात पार्नुभयो । आइतबारको खेल नेपाली शेनाको पशुपती गण इलाम र भेनस फिक्कल बिच हुने आयोजक युनाइटेड देउमाई क्लबका अध्यक्ष हेमराज लिम्बू (डब्लू) ले जानकारी दिनुभयो । फाइनल खेल भने फागुन १४ गते हुने आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष बिप्लब थापाले जानकारी दिनुभयो । प्रतियोगितामा आठ टीमको सहभागिता रहेको आयोजक क्लबका सचिव महेश राईले जानकारी दिनुभयो
खेलको उद्घाटन प्रदेश नम्बर एकका पूर्व कृषि मन्त्री राम रानाले गर्नुभयो ।

उहाँले खेलाडीलाई गोल हस्तान्तरण गर्दै उद्घाटन गर्नु भयो । खेल सुरु हुनु अघि भएको औपचारिक कार्यक्रम पूर्व कृषि मन्त्री रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा देउमाई नगरपालिका पाँचका वडाध्यक्ष तथा नेपाली कांग्रेस देउमाई नगरपालिकाका सभापती दिलिप कार्की, ३ का वडाध्यक्ष दावा तामाङ, चारका वडाध्यक्ष राजेन्द्र बाँस्तोला, नेपका एमाले नगर अध्यक्ष भिमलाल खनाल, माओवादी केन्द्रका प्रदेश सदस्य राम राई लगायत देउमाई भित्र रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार