अबको दुई साता कठिन,कोरोना संक्रमितको संख्या दैनिक २० हजार पुग्ने

  नयाँ बुलन्द
91 Shares

 

इलामः इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना संक्रमितको संख्या दैनिक २० हजार पुग्ने आँकलन गरेको छ ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलले बिरामीको लक्षणको आधारमा अबको दुई हप्ताभित्रै संक्रमितको संख्या बढ्ने बताउनुभएको हो ।

पौडेलले अबको दुई हप्ता कठिन अवस्था रहेकाले संक्रमण दर बढ्ने बताउनुभयो । संक्रमण उच्च बिन्दुमा पुग्दा १० हजार संक्रमित लक्षण सहितका हुने र त्यसमध्ये करिब एक हजारलाई आईसीयूको आवश्यकता पर्ने, ३ सय जना गम्भीर बिरामी हुने अनुमान पनि महाशाखाको छ ।

१३ हजार बेडको आवश्यकता अनुमान गरिएको छ । अबको दुई हप्तापछि भने संक्रमण ओरालो लाग्ने मन्त्रालयको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार