फाल्गुनन्दका मिर्गौला पीडित देश कुमारलाई आर्थिक सहयोग

  युद्धबहादुर बोहोरा
1.2k Shares

 

पाँचथर : मिर्गौलाको समस्याबाट ग्रसित फाल्गुनन्द-५,नागेम्बाका २९ वर्षिय देशकुमार चेम्जोङलाई नेकपा एमाले फाल्गुनन्दले आर्थिक सहयोग गरेको छ ।

दुवै मिर्गौला खराब भएका चेम्जोङको डाक्टरले ट्रान्सप्लान्ट गर्नुपर्ने बताएपछि एमाले वडा नम्बर ५ र पालिका कमिटीको तर्फबाट ३१ हजार चार सय १५ रुपैयाँ पीडितको श्रीमती संगीत राई चेम्जोङलाई हस्तान्तरण गरिएको एमाले गाउँपालिका अध्यक्ष विनोद आङ्देम्बेले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल वडा नम्बर ५ का उपाध्यक्ष समेत रहेका मिर्गौला पीडित चेम्जोङको उपचार सहयोग गर्न पार्टीका जिल्ला,प्रदेश र केन्द्रिय नेताहरूलाई समेत पहल गर्ने परिवारलाई आश्वासन दिंदै अध्यक्ष आङ्देम्बेले रकम प्रदान गरेका छन् ।

आर्थिक अवस्था कम्जोर भएको चेम्जोङको हाल ह्युमन अर्गेन ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा उपचार भइरहेको छ । बिरामीको उपचारको लागि उनका परिवारले देश विदेशमा रहेका नेपालीसंग हारगुहार गर्दै आएका छन् ।
थप उपचार गर्न रकम जुटाउनु पर्ने भएकाले मोबाइल नम्बर ९८२४९९३१८२ मा सम्पर्क गरि आर्थिक सहयोग गरिदिन पनि दाताहरुसंग पीडितका परिवार सदस्यले आग्रह गरेका छन् ।
पीडितका छरछिमेक र स्थानीयले पनि केही रकम सहयोग गर्दै गरेको परिवारले जनाएको छ । उनका श्रीमती र २७ महिनाका एक छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार