पाँचथरमा संक्रमणको ग्राफ उकालो चढ्दै,एक दिनमै थपिए १०३ नयाँ संक्रमित

  युद्धबहादुर बोहोरा
301 Shares

 


पाँचथर : पाँचथरमा कोरोना संक्रमणको ग्राफ दिनहुँ उकालो चढ्न थालेको छ । केहि दिनदेखि निरन्तर ग्राफ उकालो चढ्न थालेसंगै आज जिल्लामा सबैभन्दा बढी संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा १०३ जना नयाँ संक्रमित
थपिएका छन् । योसंगै जिल्लामा कुल संख्या नौ सय ६८ पुगेको छ ।
हाल सम्म २२६७ जनाको एन्टिजेन परिक्षण गर्दा ७२५ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने ५०९ पीसीआर परिक्षणमा २४३ जनाको पोजेटिभ रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिलेसम्म ३६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । १० जनाको एचडियूमा उपचार भइरहेको छ । तीन जनाको मृत्यु भएको जिल्ला अस्पतालमा पुष्टि भएको जनाएको छ ।

जिल्लाका आठ स्थानीय तह मध्ये फिदिम नगरपालिका भित्र सबभन्दा धेरै ५६९ जना संक्रमित छन् भने सबैभन्दा कम फालेलुङ गाउँपालिकामा ११ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार