पाँचथरका सुनचाँदी पसलहरु बन्द

  युद्धबहादुर बोहोरा
1.6k Shares

 

पाँचथर : सुनचाँदी व्यवसायी संघ पाँचथरद्वारा जिल्ला भरका सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संघको जिल्ला कार्यसमिति,पाँचथरको बैठकले शुक्रबारदेखि अर्को निर्णय नआउन्जेल सम्म बन्द गर्ने निर्णय गर्दै विज्ञप्ति निकालेको छ ।
विश्व भरि दोस्रोपटक फैलिएको महामारी कोभिड-१९ को संक्रमण दिनानुदिन नेपालमा पनि वृद्धि भइरहेको बेला संक्रमण रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्ने उदेश्यले संघले व्यावसाय बन्द गर्ने भएको हो ।

हाल विश्व बजारमा नै आतंकित भइरहेको बेला जिल्लामा संचालित सुनचाँदी पसल बन्द हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी जनाएको छ ।
नेपाल सरकारले लागु गरेका स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्न निजि क्षेत्रले पनि संकटको घडीमा सहयोग गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार