कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन

रोङ : राष्ट्रिय परीक्षा बोर्डले देशभर कक्षा १२ को परीक्षा आजबाट सञ्चालन गरेको छ । कोभिड १९ का कारण गत बैशाखमा सञ्चालन हुने परीक्षा स्थागित गरेको परीक्षा बोर्डले ४० प्रतिशतको परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वार्षिक परीक्षा विद्यालय विद्यालयमा नै सञ्चालन गरेको छ । रोङको शान्ति निकेतन नमूना माध्यमिक विद्यालयमा पनि कक्षा १२को वार्षिक परीक्षा स्वास्थ्य मापदण्डअनुसार सञ्चालन भएको केन्द्राध्यक्ष हेमन्त आचार्यले जानकारी दिए । ३५ जना परीक्षार्थीले फाराम भरेपनि ३० जना सहभागी भएको पनि बताए ।

राष्ट्रिय परीक्षा बोर्डको कार्यविधि २०७७ को पूर्ण पालनाका साथ मर्यादित रूपमा सञ्चालन भइरहेको परिक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष भूपाल खड्काले बताए । परीक्षार्थीलाई सामाजिक दूरी कायम गरी सञ्चालन गरेको पनि सहायक केन्द्राध्यक्ष खड्काले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार