कविता
सीता पौड्याल
यो सालको जस्तो दसैं अब
कहिल्यै नआओस् प्रभु
वल्लो घरमा जुठो बार्दै गरेको
पल्लो घरमा खसी ढाल्दै गरेको
कहि कोरोनाको बिरामी
कत्तै चल्दै छ दुर्गा पूजाको तयारी
यता छिमेकीको घरमा लास छ परेको
उता छिमेकीलाई छ खसी ढाल्ने समय टरेको
एउटा घरमा छ क्वारेन्टाइनमा बिरामी
अर्कोमा छ टीका लगाउने तयारी
कस्तो विडम्बना
अनि समय पनि
आफ्नै वरिपरि कोही दु:खी
कत्तै चाडपर्वको उमङ्गमा
कठै! मेरो परम्परा
अनि रीतिरिवाज
अरुका लागि नि दसैं छ मान्नु
देखाउनकै लागि भएनि खसी छ ढाल्नु
परिवारमा के बित्दै छ प्रभा छैन
केवल रवाफ देखाउन छ हतार
कोरोनाको बीचमा
जबर्जस्ती मनाइदिनु छ दसैं
किनकी
यो हाम्रो महान चाड
भेटघाटको क्रममा एकअर्कामा
रोग सरि सक्यो पत्तो छैन कसैलाई
तैपनि
मनाउनु छ दसैं यो पाली पनि हामीलाई
अघिल्लो दिन मरेको बाबुको लास नउठेर
छोरो पीडाले छटपटाई रहेछ
छिमेकी लास उठ्ला र
खसी काटु भनेर बसेछ कुरेर
हे भगवान यस्तो पीडा नदेऊ कसैलाई
पीडा त दुवै पक्षलाई छ आ-आफ्नै
पर्व मानौ रोग सर्ने डर
नमानौ बूढा बाआमा बाटो हेरेर हुन्छन् बसेका
वर्ष दिनको चाडमा सन्तान आगमनको
हाल :-कलंकी, काठमाडौँ