गायक तथा संगीतकार चन्द्र श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक

 

पाँचथर: वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।

नेपाल आइडलका उपविजेता प्रताप दासको स्वरमा रहेको गीत चन्द्र श्रेष्ठले संगीत भरेका हुन् । परदेशबाट… बोलको गीत रामकुमार प्रधानले रचना गरेका हुन् । आमोस गोलेको एरेन्ज गरेको गीतलाइृ विजय श्याम अमात्यले म्युजिक भिडियो बनाएका हुन् ।

भिडियोमा अस्मिता बिक र सुवास सोनामलाई देख्न सकिन्छ ।

भिडियोको लागि रवि केसीले श्रृङ्गार, देवेन्द्र गिरि हुरहुरले छायांकन, निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियो ओएसआर डिजिटलबाट हेर्न र सुन्न सकिन्छ ।-नयाँअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार