शंकर योङहाङ र मेलिना राईको ‘दुनियाँलाई दूर राखौँला’ सार्वजनिक (भिडियो सहित)

इलाम : गायक शंकर योङहाङ र गायिका मेलिना राईको ‘दुनियाँलाई दूर राखौँला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत  सार्वजनिक भएको हो ।

सुबिन श्रेष्ठ र शंकर योङहाङको शब्दमा सुबिन श्रेष्ठले संगीत भरेका हुन् । गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन् । रेकर्डिष्ट भानुभक्त ढकालले रेकर्ड गरेको गीतलाई श्याम बगदासले मिक्सिङ मास्टरिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा विकाश लामिछाने र ऋचा थापाको मूख्य अभिनय रहेको छ । त्यस्तै माया भण्डारी, गोमा न्यौपाने लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । किरण दाहालको परिकल्पना तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई बिकेश मगरले छायाँकन तथा सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार