कविता

  नयाँ बुलन्द
70 Shares

प्रेमाेदय

 

 

 

 

 

सुवाश जमरकट्टेल

हिमालका शिखर चुम्न
हतारिदै हतारिदै निस्केकाे
रक्तिम सूर्याेदय !
नवै रसकाे सुवाश छर्दै
फक्रदैं गरेका
साैम्य उद्यानका
रजवती सुन्दर काेपिलाहरु !
प्रथम रजस्वला पश्चात
नुहाएर कपाल सुकाउँदै गरेकी
स्निग्ध नव युवती !
सृष्टिकी खानी
सृजनाकी जननी
सुहाग रातकाे आनन्दमा
काैमारित्व गुमाएर
गर्भित बनेकी कामिनी !
मातृ वातसल्यमा चुर्लुम्म डुबेर
लजाउँदै लजाउँदै
नव जात शिशुलाई
आफ्ना तरुनी स्तन
चुसाउँदै गरेकी आमा !
सृष्टिकाे चक्रमा बेरिदै बेरिदै
पारी क्षितिजमा
डुब्न लागेकाे
मधुर सूर्यास्त !
यी दृष्य देखेपछि
कसकाे मनमा हुदैन्
प्रेमाेदय ?

नेचासल्यान ४, साेलुखुम्बु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार