गजल

  रुपा बुढाथोकी  297 पटक हेरिएको

रुपा बुढाथोकी, झापा
मरेर लानु केहि छैन हाँस्न सिक जिन्दगीमा
परेलीले आँसु छेकी बाँच्न सिक जिन्दगीमा ।
दु:ख बाँडे आधा खुशी बाँडे हुन्छ दोब्बर
सारा व्यथा बिर्सिएर नाच्न सिक जिन्दगीमा ।
एउटा फूल झर्दैमा हेर बगैंचा नै खाली हुन्न
बचेका सम्बन्ध ती गाँस्न सिक जिन्दगीमा ।
खाटा बसेको घाउलाई फेरि बल्झाउन सक्छ
मुटु दुखाउने यादलाई मास्न सिक जिन्दगीमा ।
देखिन त मिश्री र फिट्किरी उस्तै देखिन्छन्
चिप्ला कुरा गर्नेलाई छास्न सिक जिन्दगीमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार