कविता

  नयाँ बुलन्द
0 Shares

डम्बर सिं गदाल

 

 

 

 

 

तिम्रो तन छोयो कि मन छोयो,

छुने र छोइनेमा फरक के थियो ?

 

दिएकी थिइन् जन्म आमालेनै सबलाई, प्रसव पिडा एकै

नानी नै त भन्थ्ये ममताको स्वरले सवै, तिमी र मलाई ।

बामे सर्ने र तोते बोलीमा फरक, कहिले रहेन सबै,

खेल्दा लड्दाका बालानन्द र पिडा, फरक रहेन कतै ।

 

तिम्रो तन छोयो कि मन छोयो,

छुने र छोइनेमा फरक के थियो ?

 

चल्यो श्रम त्यो सिप चल्यो, प्यास मेटाउँदा अछुत

वैंस त चल्यो रमाईलोमा, घरजम गर्नमा अछुत ।

सक्छौ के त छुट्याउन रगत, त्यो अस्पताल शैयामा,

बाँच्नलाई प¥यो जब तिमी, खोज्दछौ ग्रुप नेटमा ।

 

तिम्रो तन छोयो कि मन छोयो,

छुने र छोइनेमा फरक के थियो ?

 

लिएर गयौ रगत मेरो तिमी, बचायौ श्रीमती

लागेन काम आफ्नै भईकन रगत, बचाउन प्रिय ती ।

आखीर छोयो के त भन तिमी, मिलेपछी रगत नै,

कहाँ पायौ फरक मलाई तिमीले, पाएपछी जिवननै ।

 

तिम्रो तन छोयो कि मन छोयो,

छुने र छोइनेमा फरक के थियो ?

 

कहाँ पाउँथ्यौ जिवन मेरो विना, बदला दियौ अछुत

सेवा, साथ र सहयोग नै बने मेरा, विभेदका सवुत ।

छोएर कसले परिणत भयौ कि, नोक्सानी भो के मा,

चित्त शुद्घ रहोस, विवेक मित्र बनोस छुने रछोइनेमा ।

 

तिम्रो तन छोयो कि मन छोयो,

छुने र छोइनेमा फरक के थियो ?

 

दलित अधिकारकर्मी तथा अन्दोलनका अगुवा
हालः इनपा–७,भानुपथ(इलाम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार