कोरोनाको उच्च जोखिममा माङसेबुङ गाउँपालिका

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिका कोरोना भाइरस (कोभिड १९) संक्रमणका हिसाबले उच्च जोखिममा छ । कोरोना संक्रमणको क्षेत्र झापाको दमक नगरपालिका र इलामको देउमाई नगरपालिकासँगको खुला आवतजावतले माङसेबुङ पनि उच्च जोखिममा परेको हो ।

ती क्षेत्रमा समुदाय स्तरमै कोरोना संक्रमण बढ्न थाल्दा समेत यी क्षेत्रबाट माङसेबुङ प्रवेश गर्ने नाकाहरु खुला  हुँदा माङसेबुङ उच्च जोखिममा परेको हो । ती क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेको छ । माङसेबुङबाट झापाको दमक जाने र दमक क्षेत्रबाट माङसेबुङ आउने क्रम रोकिएको छैन ।

माङसेबुङ गाउँपालिका झापाको दमक नगरपालिका नजिकै पर्ने गाउँपालिका हो । दमक-चिसापानी-रवि (फाल्गुनन्द मार्ग) ले आवजावतमा सहजता प्रदान गरेको छ । सोही मार्गबाट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय सिटिजन्स बैङ्कका कर्मचारीहरुको ओहोरदोहोर भइरहने भएकाले स्थानीय त्रसित बनेका छन् ।

दमकबाट माङसेबुङ आवतजावत नरोकिदाँ माङ्सेबुङबासी चिन्तित बनेका छन् । प्रत्येक शुक्रबार कर्मचारीहरु दकम जाने र आइतबार कार्यालय आउन गर्नाले स्थनीयबासी चिन्तित बनेका हुन् । टाठाबाठा र पहुँचवालाहरुको निर्वाध आवतजावतले गाउँघरका सर्वसाधारण नागरिकहरुमा त्रास बढाएको स्थानीय सुमन खनाल बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार