निर्दोष आँखा अघि तिम्रो पीडा हेर्नु झन थिएन
डर लाग्दो मृत्युलाई शब्दमा लेख्न मन थिएन ।
आमाको श्रृङगार जोगाउन मैले धेरै प्रयास गरे
तिम्रो उलझन बचाउन थोरै पनि धन थिएन ।
त्यो कस्को मान्छे रहेछ त्यो कस्को लास रहेछ
घाट पुर्याउन मलामी थिए तर कफन थिएन ।
सुखमा त पराई पनि आफ्नै हुं भन्ने गर्थे
बिपत्तिमा सहयोग गर्ने कोहि सज्जन थिएन ।
हाँस्दा सँगै हाँस्न, रूंदा सँगै रुन सम्म सकेनौ
के तिमीमा मलाई सम्झाउन सक्ने बचन थिएन ।
✍️ रुपा बुढाथोकी