वेव श्रृङला “सेवारो बाजे”  एपिसोड ११ सार्वजनिक (भिडियो सहित)

इलाम : चुलाचुली मिडिया प्रालिको निर्माण तथा प्रस्तुती रहेका नेपाली वेव श्रृङला “सेवारो बाजे” को एपिसोड ११ सार्वजनिक भएको छ ।

अफिसियल युट्युब च्यानल मिडिया चुलाचुली अनलाइन टिभीबाट शनिबार सँँझ ७ बजे सार्वजनिक भएको छ ।

“सेवारो बाजे” को एपिसोड ११ मा सेवारो बाजे (राज फागो) को भित्रि कथालाई प्रस्तुत गरिएको छ । दृश्यभरी सेवारो बाजे खोलाले बगाएर मृत्यु भएको चिहानमा पुगेर त कहिले खोलाको किनारमा पुगेर विगतका पीडाहरु सुनाइरहेको देखिन्छ ।

त्यसैगरि, गाउँबाट शहरमा फुपुको घरमा अनलाईन शिक्षा पढ्न गएको सिकुम र गाउँमा भएको उनको साथी सागर बीचको कथा दोहोरिएको छ । यस एपिसोडबाट कलाकार शरन ढकालले पिङकी को बुवाको चरित्रमा देखिएका छन् । यसपटक एपिसोड १० बाट कलाकार प्रविन मगर (झङकु) नामको चरित्रमा देखिएको छ ।

“सेवारो बाजे” को एपिसोड ६ र ७ मा सानू नामले छोरीको चरित्रमा देखिएका  रमिता राई एपिसोड नौ मा “सेवारो बाजे” को गाउँले बुहारी (पिरमाया) को चरित्रमा देखिएकी छिन् ।
सधैं खुसी देखिने, हाँसेर बोल्ने र शुसिल स्वभावकी (पिरमाया) नामले बुहारी चरित्रमा देखिएका रमिताको देवरको भूमिकामा प्रविन मगर (झङकु) लाई घमण्डी स्वभाव र एक बाते बोली बोल्ने चरित्रमा देखिन्छ ।

वेव श्रृङलामा “सेवारो बाजे” को एपिसोड दश मा लकडाउनको समयमा फुपुको घरमा बसेर अनलाईन शिक्षा पढ्न गएको “सेवारो बाजे” को नाती दीपेस मगर (सिकुम (मेन्छा) लाई पुनः गाउँ लिएर फर्किएको राज फागो (सेवारो बाजे) एपिसोड दश मा घर भन्दा पनि घर बाहिरको परिवेशमा घुमिरहेको देखिन्छ । लिम्बू समुदायको लवजमा आक्क हाउ।।थेगो बोल्ने सेवारो बाजेलाई अर्गानिक सब्जी फमको, बाटोको चौतारामा, हाँसि मजाक कहिले निरास कहिले हौसला दिदै हिडेको अवस्थामा भेटिन्छन् ।

त्यसैगरि, सेवारो बाजेको छोराको भूमिकामा देखिएको मन कुमार योङहाङ “सेवारो बाजे” को एपिसोड नौ र दश मा गाउँका अर्गानिक सब्जी उत्पादक तथा कृषि उद्ममी (फुल कुमार गम्बुटे) को चरित्रमा दोहोरीएका छन् । “सेवारो बाजे” को एपिसोड ४ मा वडा अध्यक्षको छोटो भूमिकामा देखिएका कलाकार केशर भूजेल “सेवारो बाजे” को एपिसोड नौ र दशमा (पाइकर्म) थेगो लिएर चरित्रमा दोहोरीएका छन् ।

गाउँकी चञ्चली स्वभावकी मनिसा बराईली “सेवारो बाजे” को एपिसोड ४ बाट (पिङकी) को चरित्रमा जम्दै आएकी कलाकार हुन । “सेवारो बाजे” मा अन्य कलाकारहरु हेमकुमार लिम्बू, पुर्ण ठटाल, चन्द्र दंगाल, सविरन राई र बाल कलाकार सागर विश्वकर्मा नियमित देखिने कलाकार हुन् । “सेवारो बाजे” को एपिसोड १ देखि ११ सम्मका प्राय छायाँङकन गरिएको परिवेशहरु
चुलाचुली गाउँपालिका ५ बुकुवा र झापा दमक आसपासका दृश्यहरु हुन् । सेवारो बाजेको कथामा स्थानीय स्तरमा रहेका कृषि क्षेत्र र कृषि उद्ममीहरुको कथालाई केन्द्र बनाएको पाइन्छ ।

यस बेव श्रृङला “सेवारो बाजे” हरेक हप्ताको शनिबार साँझ ७ बजे मीडिया चुलाचुली अनलाई युटुव च्यानलबाट प्रर्देशन हुदै आएको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार