रीता फोम्बो ठूलीको पाःलाम सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : बेलायतमा रहेर लिम्बू भाषाको पाःलाम र गीतसंगीतको लागि लागिपरेकी रीता फोम्बो ठूलीको माङसरी पाःलाम सार्वजनिक भएको छ ।

फोम्बोको रचना, लयसंकलन तथा स्वरमा तयार भएको पाःलाममा दिलिप फुरुम्बोले साथ दिएका छन् । लोकेन साँवाको निर्देशनमा बनेको भिडियो रीता फोम्बो ठूलीको आफ्नै च्यानलबाट सार्बजनिक गरिएको हो । ।

अशोक लोहरुङ राईले एरेन्ज गरेको गीतको भिडियोमा बबिता नेयोङ र इन्द्रसुशिल चोङबाङले अभिनय गरेका छन् । साथमा माङ्गेना कुरुम्बाङ, केहरसिंह लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेन, आशिष लिम्बू, नैनकला लिम्बू, विरुहाङ सम्बाहाम्फे (युके), गजेन्द्र सम्बाहाम्फे (युके) तथा याक्थुङ केलाङ सयङ ललितपुरका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई छथरे ढाका उद्योग धरान र सेम्फुङमा क्रिएसनको भेषभूषा, मेघराज मगराती, लोकेन साम्बाको छायांकन,ड्रोन, विकास दाहालले सम्पादन गरेका हुन् ।

भिडियो…….

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार