नारीका लागि सन्तान (कविता)

  सीता पौड्याल  295 पटक हेरिएको

सीता पौड्याल, हाल : काठमाडौं
सन्तानलाई महान ठान्छिन् नारी
बाधा अड्चनलाई गर्दै सामना
एउटी नारीका निमित्त
सबैभन्दा खुसीको पल
जब पत्ता चल्छ उनीलाई
आफू बन्दै छु आमा भन्ने
त्यस समयमा आफू
संसारकै भाग्यशाली
ठानेकि हुन्छिन् नारीले
आफू बन्नुलाई आमा
यस्तो सुनाउन खुसीको खबर
पाइरहेकी हुन्न कोही
आफ्नी भन्न आमासँग
लाग्छ उनलाई संकोच
कसलाई भनौ‌ के भनौ‌!
मनमा चलिरहेको हुन्छ खुल्दुली
बनेर अथाह आधिबेरी
पाउँछिन अगाडि श्रीमानलाई
अनि सुनाउँछिन बॉंधेर भूमिका
तपाईंका लागि खुसीको खबर छ भनेर
आमा बन्नु छैन त्यति सजिलो
यो जान्दाजान्दै हुर्कदै गरेको गर्भलाई
लिइएर सपना बुन्ने गर्छिन् शिशुलाई
अनि भावि योजना बन्न हुन्छ सुरु
अनेकौं असहजतालाई
गर्दै परिणत
एउटी नारीले त्यो नौ महिना
आफ्नो भोक,तीर्खा निन्द्रा
सबैसबै भुलेर अझ भन्ने हो भने
आफैलाई भुलेकी हुन्छिन्
सुनौलो भविष्यको कल्पनामा
मार्दै चुर्लुम डुबुल्की
भुल्छिन सारा दु:ख
खान मन नलाग्दा नलाग्दै
खाइ दिन्छिन् उनले
स्वास्थ्य सन्तानलाई दिनुछ जन्म
समय पुग्दै जान्छ सन्तान आगमनको
आफू जुधेर मृत्युसँग
सहेर प्रसव पीडालाई
जब दिन हुन्छिन् सफल
जन्म सन्तानलाई
तब संसार जितेको
उनलाई  हुन्छ आभास
अनि त रुन्चे हाँसो हाँस्दै
हेर्छिन् आफ्नो सन्तान तर्फ
बिर्सेर सारा दु:खलाई
त्यत्तिकै छैन भनिएको
धर्ती हुन भनेर आमा
पीडालाई राख्न सक्छिन
आफूभित्र !!
त्यो एकदिन मात्र होला
सन्तान रुँदा आमा हाँसेकी
बाँकीका दिनहरुमा
सधैँ हुन्छिन् रोएकी
कसैले नदेख्ने गरी‌ लुकेर
सबैको देख्दादेख्दै पीडा
नारीका लागि सन्तान सुख
अति छ मानिएको महत्वपूर्ण
त्यसै त भनिएको हो
आमाले जस्तो माया कसैले
सक्दै सक्दैन गर्न
यो संसारमै प्रिय हुन्छन सन्तान
उसका निम्ति
सबैसँग लड्न तयार
हुन्छे नारी सन्तानका लागि
एउटै हुन्छ हेर्ने ऑंखा
सन्तान चाहे जति हुन
आफ्ना सन्तान सदा सुखी र खुसी रहनु भन्ने
धारणा हुन्छ एउटी नारीको!!

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार