‘सेवारो बाजे’ को पाँचौ श्रृङखला सार्वजनिक (भिडियो सहित)

चुलाचुली : चुलाचुली मिडिया प्रालिको प्रस्तुती तथा लगानीमा निर्माण भइरहेको वेव श्रृङखला “सेवारो बाजे” को पाँचौ श्रृङखला सार्वजनिक भएको छ ।

ग्रामिण क्षेत्रमा सेवारो बाजे टिमको यो प्रयासले गाउँमा सचेतना फैलाउने काम गरिरहेको छ । कथाको केन्द्रको रुपमा रहेका पात्र सेवारो बाजेले लिम्बू लवजमा आफुले जाने बुझेका कुराहरु गाउँका मानीसहरुलाइ सिकाइ रहेका हुन्छन् । बाजेको बोली संगै आ..क्क.. हाउ भन्ने  थेगोले सीङगो लिम्बु समुदायको अस्तित्वलाई सुगन्ध थपेको पाउन सकिन्छ ।

यसपटक सेवारो बाजेको पाँचौ श्रृङखलामा  विश्व महामारी कोरोना भाइरस र लकडाउनले गर्दा लामो समय सम्म पठन पाठन हुन नसकि रहेको विधालय र शिक्षा नीतिले ल्याएको प्रविधि शिक्षण सिकाईको अभावबाट आफ्नो नातीलाई गाउँबाट शहर लैजाने सोचमा रहेको दृश्यले ग्रामिण क्षेत्रमा निम्न वर्गका लागि अनलाइन शिक्षा र प्रविधि शिक्षण सिकाईको संभावना नरहेको सन्देस थाहा दिन्छ ।

कथाको दोस्रो मुख्य पात्र मेन्छा (नाती) र उनको साथी बीच भएको मित्रताको सम्बन्धलाई लकडाउन र कोरोनाले ल्याएको शिक्षा समस्याले अलग बनाएको दृश्य हेर्दा निकै भावुक बनाउँछ ।

यस वेव श्रृंङखलामा कलाकार राज फागो, दीपेस मगर, सागर विक, विकास गिरी, सन्तोस राई र शरण ढकालले अभिनय गरेका छन् ।

लाईटमा नारायण न्यौपाने, मेकअप मनिसा विक, प्रोडक्सनमा एम के योङहाङ, चन्द्र दंगाल र छाँयाकन तथा भिडियो सम्पादन संजय वि।क। को रहेको छ । कथा परिकल्पना तथा निर्देशन सेवारो बाजे टिमको  रहदै आएको  छ ।

लकडाउनको समयलाई सदुपयोग गरेर निर्माण गरिएको वेव श्रृङखला हरेक शनिबारको साँझ ७ बजे चुलाचुली मिडियाको अफिसियल युट्युब च्यानल मिडिया चुलाचुली अनलाइन टिभिमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार