इलाम : इलाम जिल्लाकाे पर्यटकिय क्षेत्रलाई समेटेर तयार गरिएको` सदाबहार पिरतिमा ´ गीत सार्वजनिक भएको छ ।
सदाबहार पिरतीमा झुम्न तिमी आउ , इलामको सेरोफेरो घुम्न तिमी आउ बोलको गीतमा नेपालकै सुन्दर अतिरमणिय धार्मिक एवम् पर्यटकीय स्थल इलामको प्रचार हुने गरी समेटिएको छ भने इलाम साँचिकै स्वर्ग भन्दा सुन्दर रहेको गीत मार्फत बयान गरिएको छ ।
जिल्ला भित्र ओझेलमा रहेका क्षेत्रहरुलाई समेटिएर तयार पारिएको गीत युटुबमार्फत सार्वजनिक गरिएको हो ।
साहित्यकार तुलसी प्रसाद भट्टराईको शब्द,संगीतकार कृष्ण भण्डारीको संगीत रहेको उक्त गीतमा स्वर दिम्पल अधिकारिले भरेकी छिन ।
इलामका ऐतिहासिक क्षेत्र समेटने कोसिस गरिएको गीत कृष्ण भण्डारी नामको युटुब च्यानबाट सार्वजनिक गरिको छ । ।


















































