हामी अघि बढिरहाैं (कविता)

  पुर्ण ढुङ्गेल  162 पटक हेरिएको

पूर्ण ढुङ्गेल
हामी अघि बढिरहाैं
हामी अधि बढिरहाैं
केही कुरा जोगाउन ,
धेरै कुरा गुमाउदै
हामी अघि बढिरहाैं … !
प्रविधि जोगाउन प्रकृति गुमाउँदै
सम्पत्ति जोगाउन सन्तति गुमाउँदै
पद जोगाउन प्रतिष्ठा गुमाउँदै
आवरण जोगाउन आस्था गुमाउँदै
हामी अघि बढिरहाैं, हामी अघि बढिरहाैं !
कुर्सी जोगाउन कर्तब्य गुमाउँदै
स्वार्थ जोगाउन संकल्प गुमाउँदै
स्वाद जोगाउन पौष्टिकता गुमाउँदै
रवाफ जोगाउन राष्ट्रियता गुमाउँदै
हामी अघि बढिरहाैं, हामी अधि बढिरहाैं !
बाजा जोगाउन बादक गुमाउँदै
साधना जोगाउन साधक गुमाउँदै
टुप्पो जोगाउन फेद गुमाउँदै
आधुनिकता जोगाउन वेद* गुमाउँदै
हामी अघि बढिरहाैं, हामी अघि बढिरहाैं !
-बिर्तामोड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार