गजल

  नयाँ बुलन्द
0 Shares

 

म बिना तिमी पनि चर्किएको भेटे!
फूलहरू उदासिले लर्किएको भेटे!!

जीवनको क्षितिजमा समयको खेल!
हेर्दा हेर्दै आँखा अघि घर्किएको भेटे!!

सभ्यताको के कुरा सती जाने देशमा!
रुकुम तिर सुनपानी छर्किएको भेटे!!

कहिले सम्म अछुत हुन्छ रगत र प्रेम?
जाजरकोटमा आँसुहरू दर्किएको भेटे!!

निमुखाले यो देशमा न्याय कहिले पाउने!
अधिकार खोज्दा राज्य झर्किएको भेटे !!

गजलकार :अनिल तिखत्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार