सरस्वती पुजामा सांस्कृतिक कार्यक्रम

  नयाँ बुलन्द
0 Shares

इनरुवा : सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा सरस्वती पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विहीबार सुनसरीको इनरुवा ९ बबियाको सरस्वती माविमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको विद्यलायका शिक्षक देवकृष्ण यादवले जानकारी दिए ।

यादवका अनुसार विद्यार्थी बालबालिकाहरुले गित, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल बलाकारहरु आरती यादव, रिना यादव, अस्मिता यादव, सिया यादव, आशा यादव, रुवि यादव, सुस्मिता सरदार, चान्दनी यादव, हिमानी यादव, कृति यादव, सृजना राम, अन्जली मण्डल, नीतु मण्डल, सोनी मण्डल, जफर मियाँ, सानिया साहु, पुनम ऋषिदेव फरहना खातुन, सविता शर्मा लगायतका ४० जनाले नेपाली,मैथली, थारु तथा भोजपुरी गित तथा नृत्य प्रस्तुत गरे ।

उता सीमावर्ती क्षेत्र देवानगञ्ज, हरिनगर, कोशी , भोक्राहा नरसिंह लगायतको पालिकाका विधालयहरुमा सरस्वती पूजाको आवसरका सांस्कृती कार्यक्रम सम्पन्न भएको स्थानीय डुमरलाल मेहताले बताए ।

देवानगञ्ज गाउँपालिका ५ साहेवगञ्जको अमरसिंह मावि, कान्तिपुर बोडिङ स्कुल लगायतमा गित, नृत्य प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यता हरिनगरको हरिनगरा माविमा पनि भाग्य लिखल विधाता विषयमा मैथली नाटक प्रस्तुत गरिएकोे विद्यलायका उग्रनारायण यादवले बताए ।

विद्यालय प्रधानाध्यापक बलराम मण्डल,शिवशंकर मेहता, तीर्थ यादव लगायतका अथिति र सयांै विद्यार्थीहरु तथा दर्शकहरुको सहभागीमा सम्पन्न भएको शिक्षक शिवशंकर मेहताले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार