एकतप्पामा कक्फेवा तङनाम विशेष बृहत सांस्कृतिक कार्यक्रम, वैदेशिक राेजगारमा रहनेले गरे लगभग १ लाख सह

फक्ताङलुङ आईडल सिजन २ कि त्रिसना नेम्बाङ र आइन्द्र थेगिमले मचाए तहल्का

  नयाँ बुलन्द  323 पटक हेरिएको

नेपालीहरुकाे राष्ट्रिय चाड, आदिवासी जनजाति किरात समुदायकाे महान् पर्व कक्फेवा तङनाम तथा माघी पर्व २०७६ काे  अवसरमा इलामकाे एकतप्पा दाेकानडाँडामा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । प्रत्येक वर्ष आयाेजना गरिने कक्फेवा तङनाम विशेष कार्यक्रम सम्पन्न गराउन यस वर्ष वैदेशिक राेजगारीकाे शिलसिलामा विदेशमा रहने व्यक्तिहरुले आर्थिक सहयाेग गरेका छन् । कार्यक्रमकाे लागि फाकफाेकथुम गाउँपालिका वडा नं. ७ ले १ लाख सहयाेग गरेका छन् भने स्वदेश तथा विदेशमा रहने सहयाेगि दाताहरुले १ लाख बराबरकाे सहयाेग गरेकाे कक्फेवा तङनाम मेला आयाेजक समितिका काेषाध्यक्ष हाेम ल्हायाे मगरले जानकारी दिए ।

यस्ताे छ सहयाेगकाे विवरण:

१. फाकफाेकथुम गाउँपालिका वडा न‌ं. ७ वडा कार्यालय रु‍. १ लाख ।

२. दानवहादुर योङहाङ हाल मलेसिया रु. २५००८।–

३. सूर्यवहादुर योङहाङ हाल ब्रुनाई रु. १०७९३।–

४. काशिनाम माखिम हाल भारत रु. ५०००।–

५. खड्ग वहादुर योङहाङ हाल साउदी अरब रु. २५००।–

६. खड्ग बिबिसी योङहाङ हाल मलिसया रु. २५००।–

७. सुक वहादुर योङहाङ हाल मलेसिया रु. २५००।–

८. बसन्त योङहाङ हाल मलेसिया रु. ५४५४।–

९. रन वहादुर योङहाङ हाल मलेसिया रु. ५४५४।–

१०. भूपेन योङहाङ हाल युएई रु. २६१५।–

११. जितेन आङबो हाल मलेसिया रु. २५००।–

१२. पूर्ण वहादुर योङहाङ हाल युएई रु. २५००।–

१३. खेमराज आङबो शिक्षक रु. १५००।–

१४. तिलबिक्रम योङहाङ नायव सुब्बा रु. ५०००।–

१५. लोकवहादुर योङहाङ हाल कतार रु. ३०००।–

१६. देउकुमार लावती शाखा अधिकृत रु. ५०००।–

१७. सुन्दर योङहाङ हाल युएई रु. ३०००।–

१८. घनेन्द्र योङहाङ हाल काठमाण्डौँ रु. १०००।–

१९. याम वहादुर योङहाङ हाल मलेसिया रु. १५००।–

२०. हाङ बिरु योङहाङ हाल कतार रु. २०००।–

२१. सम्भु आङदेम्बे हाल कतार रु. २०००।–

२२. टंक लिम्बू हाल मलेसिया रु. २०००।–

२३. भक्त कोईराला रु. ५००।–

२४. गोपाल दिल्या रु. ५००।–

२५. सन्तवहादुर आङबो रु. १०००।–

२६. भूपेन्द्र योङहाङ रु. ५००।–

२७. कृष्ण वहादुर ल्हायो मगर रु. ५१०।–

२८. मनोहर योङहाङ रु. १५००।–

२९. कृष्ण देवान रु. १०००।–

३०. विष्णुलाल खनाल रु. ५००।–

३१. शशिधर खनाल रु. ५००।–

३२. बल वहादुर योङहाङ रु. ३०००।–

३३. लालवहादुर काईराला रु. २५००।–

३४. अनुप योङहाङ रु. ३५००।–

३५. आयमराज योङहाङ रु. ४०५०।–

३६. जलन चेम्जोङ रु. २०००।–

३७. कञ्जङजङगा युवा समूह रु. १०५।–

२५. सन्तवहादुर आङबो रु. १०००।–

२६. भूपेन्द्र योङहाङ रु. ५००।–

२७. कृष्ण वहादुर ल्हायो मगर रु. ५१०।–

२८. मनोहर योङहाङ रु. १५००।–

२९. कृष्ण देवान रु. १०००।–

३०. विष्णुलाल खनाल रु. ५००।–

३१. शशिधर खनाल रु. ५००।–

३२. बल वहादुर योङहाङ रु. ३०००।–

३३. लालवहादुर काईराला रु. २५००।–

३४. अनुप योङहाङ रु. ३५००।–

३५. आयमराज योङहाङ रु. ४०५०।–

३६. जलन चेम्जोङ रु. २०००।–

३७. कञ्जङजङगा युवा समूह रु. १०५।–

माघ १ सम्पन्न भएकाे कार्यक्रम कक्फेवा तङनाम बजार समितिका अध्यक्ष मखानसिंह योङहाङ अध्यक्षता र फाकफाेकथुम गाउँपालिकाकी उपाध्यक्ष सरु राई सरस्वतीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । दिउँसाे शुभकामना आदानप्रदान तथा विभिन्न जातिहरुकाे सांस्कृतिक झाँकी प्रर्दशन, विभिन्न जातिहरुकाे सा‌‌स्कृतिक नाचहरुकाे प्रस्तुति तथा सहभागिता रहेकाे थियाे । साथै कार्यक्रममा फरक आयामका अभियान्ताहरुकाे विशेष प्रस्तुतिमा बृहत साहित्यिक कार्यक्रम पनि रहेकाे थियाे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला सचिवालय सदस्यहरु छत्र याेङहाङ, राजकुमार थापा, जिल्ला सदस्य प्रेमराज थेगिम, फाकफाेकथुम वडा न‌ं. ७ का वडाध्यक्ष लाेकवहादुर थापा, संघीय लिम्बुवान मञ्चका इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ  समाजवादी पार्टीका जिल्ला सदस्य दिलवहादुर लिम्बू, नेपाली काङग्रेस फाकफाेकथुम वडा न‍ं. ७ का सचिव रामजी काेईराला, फाकफाेकथुम  सराेकार समाजका सचिव प्रकाश परियार, फाकफाेकथुम कार्यपालिका सदस्यहरु चन्द्र वर्देवा, भूमिका दियाली, वडा न‍‌ं. का वडा सदस‍्य पञ्चवहादुर याेङहाङ, शसिधर खनाल, फरक आयामका संयाेजक जितेन मुस्कानकाे उपस्थिति तथा शुभकामना मन्तव्य रहेकाे थियाे।

साहित्यिक कार्यक्रममा फरक आयामका अभियान्ताहरुकाे बेजोड साहित्यिक प्रस्तुतिहरु रहेकाे थियाे । अभियान्ताहरु जितेन मुस्कान, महेन्द्र विरही, युविर चेम्जाेङ, सुमन लुहागु क्षितिज, अर्जुन याेङहाङ र भिम लिम्बूकाे सायित्यिक प्रस्तुतिले कार्यक्रममा अर्काे राैनक देखिएकाे थियाे ।

फक्ताङलुङ आईडल सिजन २ कि त्रिसना नेम्बाङ र आइन्द्र थेगिमले मचाए तहल्का 

विगतका वर्षहरुमा पनि बृहत सांस्कृतिक कार्यक्रम आयाेजना गरी मनाउँदै आएकाे तङनाममा यस वर्ष सांस्कृतिक कार्यक्रमकाे लागि फक्ताङलुङ आइडल सिजन २ का विजेता गायिका त्रिसना नेम्बाङ र गायक आइन्द्र नेम्बाङले तहल्का मचाएका छन् । साथमा गायक टंक लिम्बू र गायक दिनेश लिम्बूले गायनमा अर्को तहल्का दिए भने नृत्यको लागि युनिक डान्स सेन्टरका नृत्य निर्देशक तेज मगर, काैशिला श्रेष्ठ, माेडल  निशान देवान र माेडल सविना गुरुङ कार्यक्रमका अर्का आकर्षणहरुको रुपमा देखिएका थिए ।

बृहत सांस्कृतिक कार्यक्रमकाे सुमन दियाली,  साहित्यिक कार्यक्रमको अर्जुन योङहाङ र शुभकामना आदानप्रदानको कार्यक्रमको शेरवहादुर लिम्बूले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार