जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव

  चेतन आङथुपो
0 Shares

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका २ स्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ ।

स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा पूर्व सभामुख एवम् इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्वाङले स्वर्णमहोत्सवको उद्घाटन गरे ।

कार्यक्रममा पूर्व सभामुखसहित नेम्बाङ र नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार एवम् पूर्व संविधान सभाका सदस्य नरेन्द्रकुमार कुमालले विद्यालय जग्गादाताको सालिक, विधालयको स्वर्ण स्तम्भ, विकास र गुराँस लावतीले आफ्नो स्वर्गीय बाजे ठालुप्रसाद लावती र बाबु छत्रबहादुर लावतीको नाममा निर्मित कार्यक्रम गर्ने मञ्चको अनावरन गरेका थिए ।

कार्यक्रममा १ का सांसद धिरेन्द्र शर्मा रमण, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई, समाजसेवी राजेन्द्र केरूङले शुभकामना व्यक्त गरेको थिए । कार्यक्रममा जनप्रतिनिधिसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ/संस्था प्रतिनिधि, विद्यालयका प्रतिनिधिको उपस्थिति थियो  ।

कार्यक्रममा विद्यालयलाई विभित्र क्षेत्रबाट योगदान गरेका एक दर्जन व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रमको समापनपछि चर्चित गायक दीपक लिम्बूले आधा दर्जन गीत गाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएका थिए । त्यस‌‌ैगरि अन्तर विद्यालय छात्र/छात्रा भलिबल प्रतियोगिता संचालन गरिएको थिए ।

सोमबार स्वर्ण रचना वाचनसँगै अन्तर विद्यालयका एकल नृत्य प्रतियोगिता संचालन हुनेछ । कार्यक्रममा प्रज्ञा परिषद सदस्य डा: देवि नेपालको प्रमुख अतिथि रहने कार्यक्रममा स्थानीय साहित्यकार सहित २० जना बढि कविहरूको उपस्थिति रहने कार्यक्रम संयोजक बिवस बलिभद्र कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार