माङसेबुङ ३ ‘ए’ र २ ‘बी’ फाइनलमा

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा जारी वडास्तरिय फूटबल प्रतियोगितामा माङ्सेबुङ ३ ‘ए’ र २ ‘बी’ फाइनलमा प्रबेश गरेका छन ।

पहिलो खेलमा माङसेबुङ १  ‘ए’ लाई ०–१ गोलले पराजित गर्दै माङसेबुङ ३ ‘ए’ फाइनलमा प्रबेश गरे भने दोस्रो खेलमा माङसेबुङ १ ‘बी’ लाई ०–१  गोल गर्दै माङसेबुङ २ ‘बी’फाइनलमा प्रबेश गरेको हो ।

माङसेबुङ ३ ए का मनु नेम्बाङले खेलको ४० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रस्थान बनाएका थिए भने माङसेबुङ १ ए का खेलाडीहरुले दवावमूलक खेलको सामना गर्दै घरेलु मैदानमा पराजित भए । यस्तै माङसेबुङ १ बी लाईपनि त्यस्तै दवावमानै परिरहे माङसेबुङ २ बी को घम्साघम्सी खेल भइरहदा ५ मिनेटको थप समयमा माङसेबुङ २ बी का मनकुमार राईको प्रहार गोलमा परिणत भई टिम फाइनलमा प्रबेश गरेको हो ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल बुधबार सम्पन्न हुने भएको छ  ।

विजेताले ३० हजार नगद, टफ्री मेडल प्रमाणपत्र र उपविजेताले २० हजार टफ्री मेडल प्रमाणपत्र पाउने आयोजक समितिले बताएको  छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए्का छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार