दोस्रो फाल्गुनन्द गोल्डकप कात्तिक १० देखि

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पा रुपाटरमा दोस्रो फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगिता संचालन हुने भएको  छ। गत वर्षदेखि सुरु भएको गोल्डकपको दोस्रो संस्करण यसवर्ष पनि संचालन हुन लागेको हो ।

फाल्गुनन्द खेलकुद समितिको आयोजनामा विविध साँस्कृतिक तथा साहित्यिक कार्यक्रमका साथ प्रतियोगिता संचालन हुन लागेको हो ।

फूटबल प्रतियोगिताको विजेाले नगद २५ हजार १ सय ३५ र उपविजेताले १५ हजार १ सय ३५ रुपैयाँ पाउनेछन् ।

साँस्कृतिक कार्यक्रमतर्फ नृत्य विधामा प्रथम हुनेले नगद १ हजार ५ सय र द्वितीयले १ हजार तथा गायनमा प्रथमले १ हजार २ सय र द्वितीय हुनेले ८ सय रुपैयाँ पाउनेछन् ।

कार्यक्रम जनआधारभूत विद्यालयको खेलमैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार