दीर्घकालीन विकासका लागि शिक्षामा लगानी गर्नुपर्छ : अधिकृत बस्नेत

  नरेन इलामेली
0 Shares

माइजोगमाई : माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले दीर्घकालिन विकासका लागि शिक्षामा लगानी गर्नुपर्ने बताएका छन् ।

आइतबार माइजोगमाई १ पे्रमेजुङ्ग स्थित शिवमाई माध्यमिक विद्यालयमा रहेको नवज्योति बाल क्लबले आयोजना गरेको बाल दिवश , विज्ञान प्रयोगशला उद्घाटन तथा सम्मान कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएका हुन् ।

बस्नेतले शिक्षामा गरिएको लगानीले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिँदै शिक्षा नै समृद्धिको आधार रहेको बताए ।

शिक्षाले नै बालबालिकाको भविस्य शिक्षामा गरिएको लगानी निर्माण गर्ने भएकाले हरृक बालबालिकाको भविस्य निर्माणका लागि शिक्षक , अभिभावक ,समाज र सरकार सबै जुट्नुपर्ने उनको भनाइ थियो ।

अधिकृत बस्नेतले नेपालको बर्तमान कानुनले थुप्रै अधिकार प्रदान गरेको र यसको सुनिश्चितताका लागि सबै जुट्नु पर्नेमा जोड दिए । उनले गाउँपालिकाले पनि बालअधिकार सुनिश्चितताका लागि बालमैत्री स्थानिय तह घोषणा गर्न गाउँपालिका र नामसालिङ्ग विकास केन्द्रको पहलमा बाल कल्ब र बाल सञ्जाल गठन गरिएको बताए। साथै अब बन्ने समपूर्ण भौतिक संरचनाहरु बलमैत्री बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

माइजोगमाई गाउँपालिका वडा नं १ का वडाअध्यक्ष यामकुमार कार्कीले विद्यालयको विकास र उन्नतिका लागि डिा कार्यालयले आवश्यक सहयोग गर्ने बताए । विगतमा पनि बडा कार्यालयको पहलमा पुस्तकालय र भवन मर्मतका लागि सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए ।

साविक नयाँबजार गाविसको वडा नं २ , ३ र ५ को शिक्षाको मुख्य गन्तब्यको रुपमा रहेका यस विद्यालयमा विगतका केही बर्षमा विद्यालय संचालनमा कठिनाई उतपन्न भई सोचे जस्तो उपलब्धि हुन नसकेको बताउँदै आगामी दिनमा आगामी दिनमा विद्यालयका सुधार र स्तरोन्नति गर्दै नमुना विद्यालयको नमुना रुपमा विकास गर्न बताए ।

कार्यक्रममा ३७ जना सम्मानित

विद्यालयले सोही कार्यक्रमको अवसर पारेर विद्यालयका लागि योगदान पुर्याएका ३७ जनालाई सम्मान गरेको छ ।

वि सं २००८ मा स्थापना भएको सो विद्यालय निर्माणका लागि विभिन्न समयमा जग्गा प्रदान गर्ने पाँच जना जग्गादाताहरु, विद्यालयका दुई जना संस्थापक शिक्षकहरु, विद्यालय स्थापनाकाल देखि हाल सम्मका १० जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र २० जना पूर्व प्रधानाध्यापकलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा जग्गादाताहरु स्व. करविर थापा , ध्रुबलाल पौडेल ,शुकदेव पौडेल, विदुर पौडेल र धन बहादुर शिवा तथा संस्थापक शिक्षकद्धय महानन्द पौडेल र रामप्रसाद न्यौपाने रहेका छन् ।

त्यस्तै सम्मानित हुने पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमा स्व. यज्ञनिधि पौडेल, स्व. हरीभक्त पौडेल ,स्व. जयरथ पौडेल , लोकबहादुर खँड्का, स्व. खगेश्वर पौडेल, स्व. सूर्यभक्त पौडेल, होमबहादुर थापा, विष्णुप्रसाद पौडेल, रत्नबहादुर राई र पारस न्यौपाने रहेका छन् भने पूर्व प्रधानाध्यापकहरुमा स्व. रामचन्द्र पौडेल, हरीभक्त पौडेल , स्व. रामचन्द्र बुढाथोकी, बाल्मिकी पौडेल, त्रिलोचन सुवेदी, गंगाप्रसाद खतिवडा, सूर्यभक्त पौडेल , इन्द्रप्रसाद नेपाल, महानन्द पौडेल , बलराम ढकाल, स्व. निमा लामा, राधाकृष्ण पौडेल , केशवराज पौडेल, दिर्घ बहादुर थापा, सागर रिमाल, मात्रिका प्रसाद भट्टराई , हरीप्रसाद ढुङ्गेल ,भानुभक्त भट्टराई ,गोपाल प्रसाद पौडेल र बालकृष्ण खनाल रहेका छन् ।

कार्यक्रमको अवसर पारेर गाउँपालिकाको ६ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण भएको विज्ञान प्रयोगशाला समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार