पाठेघरमा क्यान्सरको लक्षण

  नयाँ बुलन्द
0 Shares

इलाम ः सुर्योदय नगरपालिकाका महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सिविरमा पुर्वी इलामका २ सय १ महिलाले सेवा लिएका छन् ।
सुर्योदय नगरपालिकाको आर्थिक सहयोगमा सुर्योदय महिला मञ्चले आयोजना गरेको सिविरमा ८ जना महिलाको पाठेघरमा सामान्य इन्फेक्सन देखिएको परिक्षणमा सम्लग्न प्राथामिक स्वास्थ्य केन्द्र फिक्कलका प्रमुख डाक्टर पंकज कुमार यादवले जानकारी दिए ।

परिक्षण गराएका मध्ये ३ जनामा क्यान्सरको संकास्पद अवस्था देखा परेकाले जिल्ला अस्पताल इलाममा भिआइए परिक्षणका लागि सिफारीस गरेको यादवले बताए ।

सिविरमा जिल्ला अस्पताल इलामकी मेडिकल अधिकृत लिपिका रिजाल र डा यादवले स्वास्थ्य परिक्षण गरेका थिए ।
इलाम अस्पतालमा परिक्षणका खर्च करुणा फाउण्डेसनले गर्ने सस्थाकी सचिव साधना फागोले बताइन् । मंगलबार देखि शुरु भएको शिविरमा ४० बर्ष माथीका महिलाले सेवा लिएको कोषध्यक्ष हेममाया प्रधानले बताइन् ।

गाउँ गाउँमा पाठेघरको समस्या सहेर बसेका महिलाहरुको पहिचान गरेर उपचारका लागि सहयोग गर्ने उदेश्यले सिविरको आयोजना गरेको सस्थाकी अध्यक्ष अमृता राइले जानकारी दिइन् । सिविरको मंगलबार सुर्योदय नगरपालिकाकी उपमेयर दुर्गा देवि भट्टराईले उद्घाटन गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार