ग्रीनहिल र वालमण्डल फाइनलमा

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा जारी विद्यालयस्तीय खेलकूद महोत्सव ‘माध्यमिक तह’ फूटबल प्रतियोगितामा ग्रीनहिल एकाडेमी नेपालटार र वालमण्डल मावि जस्विरे फाइनल प्रवेश गरेका छन् ।

प्रतिभा पहिचान कार्यक्रम अन्तरगत इलाम नगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको शनिबार माउण्टमेची अंग्रेजी बोर्डिङ स्कूल इलाम विरुद्ध भएको पहिलो सेमीफाइनलमा अमृत गुरुङको ह्ययाट्रिकसँगै ग्रीनहिल फाइनल पुगेको हो । गुरुङले ८, १७ र ४६ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै दोस्रो तथा अन्तिम सेमीफाइनलमा अमर मावि बरबोटेलाई ३-० ले पराजित गर्दै वालमण्डल मावि जस्विरे उपाधिनजिक पुगेको हो । जितका लागि बालमण्डलका केशव मुखियाले १२ औं, अमृत राईले ३५ औं र सचेन लिम्बूले ४२ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल सोमबार इलाको ठूलो टुँडिखेलमा हुनेछ । विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार पाउने गर खेलकुद विकास प्रतिष्ठानका अध्यक्ष तीलक ठकुरीले जानकारी दिए  ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ठ फरवर्ड प्रत्येकले नगद १ हजार र मेडल पाउनेछन् । त्यस्तै उत्कृष्ठ कोच र उत्कृष्ठ खेलाडीले नगद २ हजार ५ सय पाउनेछ ।

२३ चैतदेखि ठूलो टुँडिखेलमा संचालित प्रतियोगितामा नगरपालिका भित्रका ३४ विद्यालयको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार