जनकल्याण माविको ५२ औं वार्षिक उत्सव (फोटो फिचर)

एकतप्पा : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पास्थित जनकल्याण माध्यमिक विद्यालयको ५२ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ बुधबार सुरु भएको छ ।

विहीबारसम्म संचालन हुने वार्षिक उत्सव कार्यक्रमको उद्घाटन फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारका लागि गाउँपालिकाले विशेष कार्ययोजनाका साथ अगाडि बढेको बताउँदै गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले कुनै कसुर बाँकी नराख्ने प्तिवद्धता जनाए ।

उनले समुदाय मिल्ने हो भने कायलपलट गर्न सकिने दावी गर्नै समुदाय मिलेर अघि बढ्न सुझाव दिए । ‘तपाइहरु मिल्नुहोस् लाग्नुहोस् हामी सहयोग गर्न तयार छौं’ अध्यक्ष श्रेष्ठले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंचबहादुर योङहाङ लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिक उत्सवका अवसरमा विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम तय गरिएृको विद्यालयले जनाएको छ ।

कार्यक्रमको समापन प्रदे्श सांसद धिरेन्द्र शर्मा (रमण) ले गर्ने तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार