बुधबारदेखि माङसेबुङमा पवित्रहाङमा गोल्डकप

  राम योङहाङ
0 Shares

माङसेबुङ : आगामी बुधबारदेखि इलामको माङसेबुङ गाउँपालिकास्थित माङसेबुङ खेलमैदानमा पवित्रहाङमा गोल्डकपको नवौं संस्करण खेलकुद प्रतियोगिता सुरु हुने भएको छ ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६३ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकप अन्तरगत बुधबारदेखि फूटबल प्रतियोगिता सुरु हुँदैछ ।

किरात साम्यो हक्चात यक्चुम माङसेबुङ इलामको मुख्य संयोजनमा हुने प्रतियोगितामा इलामझापा, मोरङ र सुनसरीका ८ महिला टीमको सहभागीता रहने निश्चित भइसकेको छ । प्रतियोगितामा माङसेबुङ युथ सोसाईटी माङसेबुङ इलाम, शिवसतासी स्पोर्टिङ क्लब दुधे झापा, कन्काई ११ झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतारा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति, खदम स्पोर्टीङ क्लब मोरङ, लेटाङ फूटबल क्लब मोरङ र माङसेबुङ खेलकुद विकास समिति इलामको सहभागिता रहेनछ ।

फूटबलको विजेताले नगद ६३ हजार एक सय ६३ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६३ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६३ रुपैयाँ प्राप्‍त गर्नेछन् ।

प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

त्यस्तै गोल्डकपमा फूटबलका साथै अन्य विभिन्‍न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन दौड, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्‍नेलगायतका खेलहरु सञ्‍चालन हुनेछन् ।

म्याराथुनमा प्रथम हुनेले नगद पाँच हजार एक सय ६३, द्वितीय हुनेले चार हजार एक सय ६३, तृतीय हुनेले तीन हजार एक सय ६३ र चौथो हुनेले दुई हजार एक सय ६३ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् । छेलो (पक्लुङ) मा प्रथम हुनेले नगद एक हजार पाँच सय ६३ र द्वितीय हुनेले एक हजार ६३ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् ।

म्युजिकल चियरमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६३ र द्वितीय हुनेले एक हजार ६३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । हाँडी फुटाउनेमा प्रथम हुनेले नगद एक हजार ६३ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै लठ्ठा तान्‍नेमा प्रथम हुनेले नगद तीन हजार ६३ र द्वितीय हुनेले नगद दुई हजार ६३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । अन्य खेलहरु २ फागुनमा फूटबलको फाइनल भन्दा अगाडि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

माङसेबुङमा २०६७ देखि पवित्रहाङमा गोल्डकप सञ्‍चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार