सरस्वती माविको वार्षिक उत्सवमा नाचगान

  गोबिन्द पौडेल
0 Shares

रोङ  : इलामको रोङ ६ मा रहेको सरस्वती माध्यामिक विद्यालयका मंगलबारेबाट सुरु भएको ६२ आंै वार्षिक उत्सवमा बुधबार अन्तरसदनात्मक साँस्कृतिक कार्यक्रम भएको छ ।

अन्तर सदनात्मक साँस्कृतिक कार्यक्रममा करिव डेढ दर्जन बालबालिकाले दमदार प्रतिभा प्रस्तुती गरेका थिए ।

विहीबारसम्म चल्ने बार्षिक उत्सवमा मंसिर मंगलबार विभिन्न खेलकुद कार्यक्रम भएको थियो । बालबालिकाहरुको लागि विद्यालयकै हातामा पर्याप्त खेलमैदान नभएको कारण खेलकुल प्रतियोगिता नजिकैको गाजे खेलमैदानमा गरिएको शिक्षक रुद्र प्रधानले बताए ।

विहीबार रोङ गाउँपालिकाको अध्यक्ष समसेर राइबाट नव निर्मित भवनको उद्घाटन, रोचक सास्कृतिक कार्यक्रम, पुरस्कार वितरण र कार्यक्रम गरिने विद्यालयका शिक्षक बिदुर योञ्जनले बताए ।

करिव २ सय विद्याथी अध्ययनरत यस बिद्यालय २०१४ सालमा स्थापना भएर कक्षा १ देखि ५ सम्म संचालित सो विद्यालय २०५१ सालदेखि निम्न माध्यामिक तहका कक्षाहरु संचालन गदै आएकोमा २०६५ सालबाट माध्यामिक तहका कक्षाहरु क्रमस ९ र १० संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार