शैक्षिक क्षेत्रको अगुवाई गर्ने बस्नेत सम्मानित

  युद्धबहादुर बोहोरा
14 Shares

इलाम : शैक्षिक क्षेत्रको नेतृत्व गर्ने तिलबिक्रम बस्नेत फाकफोकथुम-१ मा सम्मानित भएका छन् ।

‘गुरु ब्राह्म, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षत् परब्राह्म,तस्मै श्री गुरवे नम:’ श्लोकलाई आत्मसात गर्दै सिद्ध बाबा अवासिय माद्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको थियो ।

सम्मान आयोजक समिति संयोजक जयनारायण भट्टराईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको थियो ।

तत्कालीन खाम्बाङ्ग गाउँविकास समिति-४, तमाखेमा भिमबहादुर र कृष्णमाया बस्नेतका जेठ्ठा छोरा तिलबिक्रमको जन्म २००९ जेष्ठ ९ गते भइ २०२५ सालमा एसएलसी पास गरेका उनले २०२८ सालमा शिक्षण पेशामा प्रवेश गर्दा मासिक एक सय रुपैयाँ तलब लिदै २०४८ सालमा नेपाली विषयमा विएड सम्मको अध्ययन गरेका थिए।

२०२५ सालमा खाम्बाङ्ग गाउँविकास समितिबाट एसएलसी परीक्षा उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुन् जस्ले शिक्षा क्षेत्रको नेतृत्व गर्दै हालको खाम्बाङ्ग माद्यामिक विद्यालय र ज्योति आधारभूत विद्यालय स्थापना गर्न भूमिका निर्वाह गरेका थिए।

२०३० सालको जग्गा नापीसर्वे कार्यक्रममा यस ठाँउको अगुवाको भुमिका गरेका उनले वडाअध्यक्ष पद समेत सम्हालेका थिए।२०३५ सालमा उनी पथरी शनिश्चरे, मोरङ बसाइँ सरि शिक्षण पेशाबाट २०६९ सालमा अवकाश भए।

समाजलाई डाेर्‍याउने बौद्धिक व्यक्तित्वद्वारा गरिएका महत्त्वपूर्ण कार्यको उच्च मुल्यांकन गर्दै उनलाई प्रमुख तथा विशेष अतिथिबाट दोसल्ला र प्रशंसा पत्र सहित सम्मान गरिएको समिति संयोजक भट्टराईले जानकारी दिए।

कार्यक्रम मन्तव्यमा प्रमुख अतिथि श्रेष्ठले भने – ‘समाज सुधारक व्यक्ति राष्ट्रका सम्पत्ति हुन, उनी जस्ता हरेक राम्रो काम गर्नेलाई सम्मान र प्रशंसा गर्नु पर्छ भने नराम्रोलाई निरुत्साहित गर्ने सके नेपाल साच्चिकै शान्तिकादुत गौतम बुद्धको देश बन्न सक्द छ।’

सम्मान पछि उनी भावुक हुँदै अत्यन्तै कष्टपूर्ण र चुनौतीका साथ हाँसिल गरेको शिक्षाबाट प्रेरित हुँदै आफ्ना विद्यार्थीले गरेको प्रगति संतोषजनक देख्दा गौरव लागेको बताए।

उनका शिक्षण पेशाका सहयात्री कुलप्रसाद लामिछाने,अविस्मरणीय विद्यार्थी टेकवीर लिम्बु,समकालीन तोयानाथ भट्टराई, हरि श्रेष्ठ लगायतको सम्झना गरे।

समिति संयोजक जयनारायण भट्टराईको उनको जिवनीको बर्णन गर्दै उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित गुरु बस्नेतको सुस्वास्थ्य र चिरायुको कामना गरेका थिए।

कार्यक्रमको विशेष अतिथि वडा न -१,अध्यक्ष टेकवीर लिम्बु सदस्य बालकृष्ण भट्टराई,पाँचथर फाल्गुनन्द गाउँपालिकाका प्रबक्ता दानबहादुर अधिकारी,घुर्बिसे माद्यामिक विद्यारलयका प्रधानध्यापक ठाकुरसिं थेगिम,सिद्ध बाबा आवसिय माद्यामिक विद्यालयका संस्थापक खम्बसिं बस्नेतको उपस्थिति थियो।

विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी,शुभचिन्तक,उनका शिष्यहरुको उपस्थिति रहेको सम्मान कार्यक्रममा सिद्ध बाबा आवसिय माद्यामिक विद्यालयका संचालक डिल्ली बस्नेतले स्वागत मन्तव्य राखे भने शिक्षक सुरेन्द्र प्रसाद लामिछाने संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार