२०२० लाई नेपाल भ्रमण वर्ष घोषणा

काठमाडौं : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ ।

संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको हुन् ।

यसअघि पनि सरकारले विभिन्न साल नेपाल भ्रमण वर्ष मनाएको थियो । मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले भ्रमण वर्ष मनाउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार