गर्छौ अविराम श्रम तिमी महल ठडिन्छ अर्कैको,
बगाउँछौ खोलो पसिनाको तिमी गोजी भरिन्छ अर्कैको ।
पैतालामा काई जमाइ गर्छौ मेहनत तिमी, लिन्छन फाइदा अर्कैले ।
अरुलाई बचाउँन गर्छौ दिनरात काम तिमी, लिन्छ ज्यान तिम्रो बर्खैले ।
बाटो बनायौ, कूलो बनायौ, पूल बनायौ,
सक्यौ काम सबै सबै भन आज कति कमायौ ?
सुकिला मुकिला बन्छन यहाँ श्रमिककै रगत र पसिना चुसेर
मिल्काइ दिन्छन एक दिन तिमीलाई थोत्रे मोत्रे झत्ते र बुढो देखेर ।
बनायौ दुनियाको भविष्य आफ्नै श्रम र पसिनामा बेचेर,
मर्छन घरमा छोराछोरी पखाला र टाइफाइडले गाँजेर
देख्छ कसले तिम्रो पिडा लौ गरिस भनेर,
रमाउँछ त्यहि समाज एक दिन तिम्रो मृत्युमा, बल्ल मरिस् भनेर।।।




























































