श्रमिक (कविता)

गर्छौ अविराम श्रम तिमी महल ठडिन्छ अर्कैको,

बगाउँछौ खोलो पसिनाको तिमी गोजी भरिन्छ अर्कैको ।

पैतालामा काई जमाइ गर्छौ मेहनत तिमी,  लिन्छन फाइदा अर्कैले ।

अरुलाई बचाउँन गर्छौ दिनरात काम तिमी, लिन्छ ज्यान तिम्रो बर्खैले ।

बाटो बनायौ, कूलो बनायौ, पूल बनायौ,

सक्यौ काम सबै सबै भन आज कति कमायौ ?

सुकिला मुकिला बन्छन यहाँ श्रमिककै रगत र पसिना चुसेर

मिल्काइ दिन्छन एक दिन तिमीलाई थोत्रे मोत्रे झत्ते र बुढो देखेर ।

बनायौ दुनियाको भविष्य आफ्नै श्रम र पसिनामा बेचेर,

मर्छन घरमा छोराछोरी पखाला र टाइफाइडले गाँजेर

देख्छ कसले तिम्रो पिडा लौ गरिस भनेर,

रमाउँछ त्यहि समाज एक दिन तिम्रो मृत्युमा, बल्ल मरिस् भनेर।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार