पाँचथर : गायिका मेचु धिमालको नयाँ लिम्बू भाषाको गीत ‘आदाङ्बे सेवारो’ सार्वजनिक भएको छ। भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा यासेली योङ्हाङ र असित थेगिमको शब्द तथा उत्तमजंग लावतीको संगीत रहेको छ। सविन लिम्बूले एरेन्ज गरेका गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन्।
भिडियोको निर्देशन गायिका धिमाल स्वयंले गरेकी हुन्। इसाक जबेगुले छायांकन र सम्पादन गरेका भिडियोमा लिम्बू संस्कृति, नृत्य (केलाङ, यालाङ) र पारम्परिक पहिरन देख्न पाइन्छ।
भिडियोमा सागर केरुङ, मेचु धिमाल, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नुमा लिङ्देन, ज्योती लिम्बुलगायतको अभिनय छ।

भ्वाइस अफ नेपाल सिजन २ की सेमीफाइनलिस्ट मेचुले यसअघि ‘सथिक मेबोक्से’ सहित लिम्बू भाषाका दुई गीत गाइसकेकी छन्। ‘आदाङ्बे सेवारो’ उनको तेस्रो लिम्बू गीत हो।
लिम्बू र धिमाल भाषासहित उनले २ सयभन्दा धेरै गीतहरूमा स्वर दिएकी छिन्। डेढ दशकदेखि उनी गायन, संगीत र भिडियो निर्देशनमा सक्रिय छिन्।























































