कक्षा ११ को परीक्षा सुरु

काठमाडौं : कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । सो परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थी सहभागी भएको राष्ट्रियपरीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी छन् । परीक्षामा २ लाख ११ हजार ६ सय ८१ छात्र र २ लाख २७ हजार३७३ छात्रा रहेका छन् । आज पहिलो दिन अँग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा बिहाान ७ बजेबाट सुरु भएको छ ।

परीक्षामा नियमिततर्फ ३ लाख ४८ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी रहेका छन् । कूल ३ हजार ७ सय ६५विद्यालयका कक्षा ११ का विद्यार्थीका लागि देशभर ९ सय ९३ परीक्षा केन्द्र तोकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार