मंगलबारे क्याम्पस र भानुभक्त माविमा लिम्बू विद्यार्थी मञ्च

limbu-student-forum

तारावीर लिम्बू

मंगलबारे : इलामको देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पस र  भानुभक्त माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको इकाइ समितिहरु गठन भएका छन् ।

शुक्रबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले  मंगलबारे बहुमुखी क्याम्पसमा मनिसा बेघाको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस इकाइ गठन भएको हो ।

समितिका उपाध्यक्षमा करिस्मा योङ्हाङ, सचिव जुनु वेघा, सहसचिव कल्पना लिङदेन र कोषाध्यक्षमा मनिसा योङहाङ चयन भएका छन् ।

सदस्यहरुमा टीका बेघा, सुनिला योङहाङ, पूजन योङहाङ, विपना लिङदेन, मणीकुमार लिम्बू र देवेन्द्र लिम्बू रहेका छन् ।

त्यस्तै भानुभक्त माध्यमिक विद्यालयमा सरोज लोरिन्देनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । समितिका उपाध्यक्षमा समिप सम्बुहाङ र बिबिस फियाक, सचिव सुनिला योङहाङ, सहसचिव ओमन सदेम्बा र माया फागो तथा कोषाध्यक्षमा अनिसा लोरिन्देन चयन भएका छन् ।

सदस्यहरुमा कौशिला फागो, उसा योङहाङ, अनिता लिम्बू, मनिस बेघा, सुवास योङहाङ, रबिन बेघा, धरेन्द्र बेघा र सुशिला बेघा रहेका छन् ।

त्यस्तै अध्यक्ष सरोज लोरिन्देन, सचिव सुनिला योङहाङ र सहसचिव माया फागो महाधिवेशन प्रतिनीधि चयन भएका छन् ।

दुवै कार्यक्रम लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य हेमराज लिम्बू, इलाम उपाध्यक्ष तारावीर लिम्बू र सदस्य चित्र लिम्बूको उपस्थितीमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार