एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन १६ जेठमा

नयाँ बुलन्द

इलाम : एकिकृत अखिल नेपाल शिक्षक संगठन इलामको चौथो जिल्ला सम्मेलन १६ मा जेठमा हुने भएको छ ।

संगठनका जिल्ला संयोजक राजेन्द्र चौहानको अध्यक्षता र फ्रेक्सन इन्चार्ज तथा एमाओवादी सम्मेलन आयोजक समिती सचिवालय सदस्य टिका घिमिरेको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले सो निर्णय गरेको हो ।

सम्मेलन शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यता रहने संगठनले जानकारी दिएको छ । बैठकले खिनमाया परियारको संयोजकत्वमा माधव निरौला, देवकुमार ठकुरी, चम्पा मैनाली, गणेश पौडेल, अर्जुन शर्मा, मदन निरौला, डम्बर राउत, लेखनाथ दाहाल सदस्य रहेको व्यवस्थापन तथा आर्थिक समिती गठन गरेको छ ।

सम्मेलन प्रचारपसारका लागि राजेन्द्र चौहानको संयोजकत्वमा धनवहादुर थापा मगर र हरिप्रसाद पौड्याल सदस्य रहेको प्रतिवेदन लेखन समिति समेत निर्माण गरेको छ । त्यस्तै लागि एक सय एक सदस्यीय प्रचारपसार समिती गठन गरेको छ ।

बैठकमा फ्रयाक्सन इन्चार्ज घिमिरेले संगठनको चौथो जिल्ला सम्मेलन भव्यताका साथ सफल पार्न सवै सदस्यहरुले सक्रियताका साथ काम गर्न सुझाव दिनुका साथै संठगनलाई चुस्त दुरुस्त र मजबुत बनाउन आफनो तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार