अनेरास्ववियुले गर्‍यो नि:शुल्क रक्त परिक्षण

स्पर्श अतित योङ्हाङ

इलाम : अनेरास्ववियुले आफ्नो ५१ औँ स्थापना दिवशको अवसरमा इलाम तीन वटै निर्वाचन क्षेत्रमा नि:शुल्क रक्त परिक्षण कार्यक्रम गरेको छ । अनेरास्ववियु २२ औँ जिल्ला सम्मेलन आयोजक कमिटि इलामको आयोजना र अनेरास्ववियु मरव क्याम्पस कमिटिको सहआयोजनामा क्षेत्र नम्बर ३ अन्तर्गत महेन्द्र रत्न बहुमुखी क्याम्पस शनिबार रक्त परिक्षण गरेको छ ।rakta parikshan

आयोजक कमिटिका संयोजक इश्वरी तामाङको अध्यक्षतामा भएको भएको कार्यक्रममा नेकपा एमाले इलामका सचिवालय सदस्य अनेरास्ववियु पूर्व केन्द्रिय सदस्य एवम् विद्यार्थी इन्चार्ज नवराज शंकर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति रतन चौधरी, इलाम अस्पताल इलामका ल्याव असिस्टेन्ड कृष्ण खड्गी र डा. मेघ वहादुर पराजुली सामुदायिक अस्पताल सिङफ्रिङ्गका ल्याव असिस्टेन्ड रिता न्यौपाने, अनेरास्ववियु मरब क्याम्पस अध्यक्ष मानबहादुर गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इलाम, इलाम अस्पताल इलाम र डा. मेघ वहादुर पराजुली सामुदायिक अस्पताल सिङफ्रिङ्ग इलामले प्राविधिक सहयोग गरेको थियो । प्राविधिक सहयोगका लागि इलाम अस्पताल इलामबाट सूजन लिम्बु (सि.एम.ए.), विकास वालमिकी (ल्याव असिस्टेन्ड), सुनिता राई (ल्याव असिस्टेन्ड), दर्शना राई (ल्याव असिस्टेन्ड), डा. मेघ वहादुर पराजुली सामुदायिक अस्पताल सिङफ्रिङ्ग इलामबाट एलिसा धामी (ल्याव टेक्निसियन) र ज्योती बस्नेत (स्टाफ नर्स) रहेका थिए ।

कार्यक्रमबाट एक सय ९० जना विद्यार्थीहरुले रक्त परिक्षण गराएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सम्मेलन आयोजक कमिटिका महिला विभाग प्रमुख शुसिला रिसालले गरेका थिए ।

यसअघि सोही कार्यक्रम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा र क्षेत्र नम्बर १ अन्तर्गत करफोक विद्यामन्दिर उच्च मावि करफोकमा शुक्रबार सम्पन्न भएके थियो । सो कार्यक्रम क्षेत्रीय समितिको सहआयोजनामा भएको अनेरास्ववियुले जनाएको छ । क्षेत्र नम्बर २ को कार्यक्रममा दुई सय तीन र क्षेत्र नम्बर १ को कार्यक्रममा एक सय ४५ जना विद्यार्थीहरुले रक्त परिक्षण गराएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार