कानूनी सचेतना हाम्रो साझा दायित्व

  समिक्षा पोखरेल  277 पटक हेरिएको

दशै आयो भन्दा फुरूङ्ग हुने मन जति(जति उमेर बढ्दै गयो त्यति नै घट्दै जाँदो रहेछ । उमेरको बेगसँगै जिवनशैली परिवर्तन हुँदै जाँदा अभिभावकले सिकाएको जिवन भन्दा व्यवहारले सिकाएको जिवनमा आकाश जमिनको अन्तर पाउँदा र समयको चक्रसँगै जिवन भोगाईका पानाहरू फेरिदै जाँदा नौलोपन हुनु स्वाभाविक नै हो । समाजको वास्तविकतालाई नियाल्दा मनमा कहिले काही खिन्नता जागेर आउँछ । द्वन्द्व र संक्रमणकालको उत्कर्ष पछिको रूपान्तरित समाज पनि पहिलेको भन्दा फरक नपाउँदा कुन नागरिकलाई चित्त बुझेको होला ररु जुन समृद्ध समाजको परिकल्पना हामीले गरेको थियौ त्यो अधुरै पाउँदा दुःख नलाग्ने त कुरै भएन ।

हामीले समृद्धि र शसत्तिकरणका कुरा धेरै गर्‍यौं तर पनि हामी जहाँको त्यही र सँधै उस्तै किनरु भन्ने प्रश्न मानसपटलमा आइरहन्छ । रूपान्तरण भनेर दिन दिनै भन्दै हिड्यौ तर संरचना र कानूनमा थोरै रूपान्तरण गर्‍यौ होला तर हाम्रो व्यवहारमा, सम्बन्धमा, रहन सहनमा रूपान्तरण गर्नै सकेनौं । संरचना, व्यवहार, रहन सहन र सम्बन्ध सम्पुर्ण कुरामा परिवर्तन हुनु रूपान्तरण हो भने अझ हामीले आफुलाई रूपान्तरण गर्न अति नै आवश्यक छ । कठोर कानून बनाउनुपर्छ भनेर जोडदार आवाज उठायौं तर त्यसलाई परिपालना गर्न व्यक्तिका व्याक्तिगत प्रवृत्ती र सचेतना सँगसगै परिवर्तन गर्नु पर्छ भन्ने तिर ध्यानै दिएनौं । दण्डहिनता व्याप्त छ भनेर जहिले कुरा गर्छौं तर हाम्रै राजनैतिक स्वार्थ र प्रवृतिले गर्दा हामीले समाजमा दण्डहिनताको स्थितिलाई मलजल गरेर विकसित बनाएका छौं भन्नेतिर ध्यान दिदैनौं ।

हाम्रो जातिय पहिचान, जैविक भिन्नता, संस्कृति, भाषा, धर्म, र पार्टीगत आस्था अलग होला तर हामी नेपाली हौं, जो एकै आमाका सन्तान र एउटै परिवार त्यसैले एकलाई पिरपर्दा अर्कोले सहयोग गर्न सिकौं । पदीय हैसियत र आर्थिक सबलतालाई आफ्नो अहम्‍ता नबनाउ । हामीले हाम्रा अग्रजलाई जसरी फ्रेम भित्र राखेर भित्तामा सजाएका छौं । त्यसरी नै हाम्रो सन्ततिले पनि हामीलाई सजाउनेछन् आफ्ना सन्ततिले भविष्यमा हामीलाई स(सम्मान याद गर्ने खालको व्यवहार गरौ । हामी जो(जस्तो भए पनि अन्त्य सबैको एउटै र सबैले यही देशको माटोमा मिल्नु नै छ भने समाजमा विभेद र भिन्नता किनरु हामी सबैले एउटै झन्डामुनि शिर निहुर्‍याएको छौं, एउटै राष्ट्रिय गानमा स्वरमा स्वर मिलाएकै छौं भने फरक हामीबीच किनरु जातिय भिन्नता र पार्टीगत आस्थाको कारणले एक(अर्काबिच शत्रुताको व्यवहार नगरौं ।

त्यसैले अब हामीले आफ्नो व्यवहारलाई सुधार्ने तिर लागौं ताकि हाम्रा सन्ततिले हामीले भोगे जस्तो स्थितिको सामना गर्नु नपरोस। हाम्रो जिवन भोलीका पुस्ताको अनुसरण हो । कानूनी रूपमा आफू सचेत बनौं । हाम्रो व्यक्तिगत व्यवहार र प्रवृतिमा परिवर्तन गरौं । परिवार छर(छिमेक र समाजमा हास्न र सम्मानपुर्वकको मित्रता गास्न सिकौं ।भावी सन्ततिका जिवनशैली संयतिम गराउने तर्फ लागौं जसले उनीहरूको भविष्यलाई मार्ग दर्शन गर्न सघाउ पुर्‍याओस् ।

धार्मिक स्वतन्त्रता, पार्टीगत आस्था हाम्रो मौलिक हक हुन तर यस्ता फरकपनले नेपाली हुनुको राष्ट्रिय भावनालाई विखण्डित नबनाऔं । जुनै रूपको भएपनी वस्तवमा हामी नेपाली हौं, देश हाम्रो साझा घर हो भन्ने सोचको विकास गरौं र सबैप्रति समान व्यवहार गर्न सिकौं ।

आफ्नो अहमता र घमण्डलाई त्यागौं । हाम्रा भावी पुस्ताको भविष्यबारे विचार गरौ । राज्यले मलाई के दियो भन्ने मात्र नसोचौं म पनि नागरिक हु मेरो पनि देशप्रति केही न केही कर्तव्य र दायित्व छ भन्ने भावनाको विकास गरौं । हाम्रा भावी पुस्ताले समान्य कानूनी ज्ञानको अभावमा अपराधिक दायित्वको बोझ बोकेर बिचलित हुन नपरोस अब त्यस्तो समाज निर्माण गर्न तर्फ लागौं।नाबालकहरू अपराधिक गतिविधिमा संलग्न भएको अहिलेको दर हेर्दा राज्यको नितीगत व्यवस्थालाई पर्खेर बस्ने समय अब हामीसँग छैन । हामीले आफ्नो सन्तातिलाई जोगाउन अति जरूरी भैसकेको छ ।

विश्वव्यापीकरण र सञ्चारको विकासले पारेको प्रभावले गर्दा अबको पुस्तालाई प्राथमिक शिक्षा पछि व्यक्तिगत रूपमा सचेत हुने कानूनी शिक्षा दिनु अनिवार्य भैसकेको छ त्यसबारे हामी आफैले सोच्न जरूरी छ । कानून जान्दिन भनेर कसैले पनि क्षमा पाउन सक्दैन त्यसैले सन्तानका व्यवहारलाई हामीले संयमित र सभ्य बनाउन आवश्यक छ । सभ्यतालाई राजसी ठाट र रवाफ हो भन्ने नठानौं एउटा सामान्य नागरिक भएर जिवन निर्वाह गर्नको लागि चहिने आवश्यक कानूनी ज्ञान राखि जिवन लाई संयमित बनाउनु नै सभ्यता र सचेतना हो ।

पद हैसियत सानै होस तर सामाजिक सभ्यता व्यक्तिको सबैभन्दा ठुलो उच्चता हो । सचेत हुनको लागि कानूनी विज्ञता नै चाहिन्छ भन्ने जरूरी छैन साक्षर मात्रै छौं भने पनि हामीले न्यूनतम कानूनी ज्ञान राख्न सक्छौं । त्यसैले त्यसबारे सोच्नै पर्छ अब त अबेर भइसक्यो । हाम्रा पारिवारिक जमघटका बेला दण्ड सजाय हुने कानूनका बिषयमा छलफल गरौं । उमेर अनुसार आफ्नो सन्ततिलाई सचेत बनाउने कोशिस गरौं । यस बर्षको कोशिस अर्को बर्षको मुर्त रूप हो ।

समाजमा योगदान दिन ठुलै काम गर्नुपर्छ भन्ने छैन परिवारमा मिलाप र सद्भाव राखौं । सबै प्रति समान व्यवहार गरौं सबैभन्दा पहिले आफु संयतिम बनौं किनकी आफु संयमित हुनु भनेको आफुसँगका सम्बन्धलाई संयमित बनाउनु हो भन्ने सोचको विकास गरौं । कानूनको परिपालन गरौं, सचेत बनौं किनकी व्यक्तिगत सचेतना र सभ्य ब्यवहार नै समृद्धिको पहिलो आधार हो । यति गर्न त पक्कै सक्छौं, अनि पुरा हुन्छ नागरिक हुनुको कर्तव्य तब सुहाउँछ हामीलाई कmबचत खष्ििबनभ र कmबचत अष्तथ का कुरा ।

यो बर्षको महान चाड सँग(सँगै हामीले हाम्रा भावी सन्ततिमा सामान्य सचेतना जगाउने कोशिश गर्न जरुरी छ, जसको लागि आफ्ना परिवार, छर(छिमेकका नाबालक प्रति दुर्व्यवहार नगरौ तिनिहरूको संरक्षण गरौ र आफ्नै सन्तान झै व्यवहार गरौ । नागरिक हुनुको साझा दायित्वलाई पुरा गरौं किनकी भावी सन्ततिलाई अपराधबाट जोगाउनु हामी नेपालीको साझा दायित्व हो । राष्ट्रिय नितीमा आधारभुत आवश्यकता गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्य जस्तै कानूनी सचेतना पनि व्यक्तिको आधारभुत आवश्यकता अन्तर्गत नै राखिनु पर्छ भन्ने आवाज उठाऔं । हाम्रो भावि सन्ततिलाई सचेत र सभ्य बनाउने कोशिस गरौं ।आफ्नो व्यक्तिगत व्यवहार र प्रवृत्तिलाई परिवर्तन गर्ने कोशिश गरौं ,सबैप्रति सम्मान गर्न सिकौ हामीले चाह्यौ भने यति त हामी पक्कै गर्न सक्छौ । अब त यसबारे गम्भिर बन्न अती जरुरी छ र बन्नै पर्छ, हाम्रो साझा दायित्वलाई सबै मिलेर पुरा गर्नै पर्छ।

अन्त्यमा देश ‍विदेश जहा रहनु भएका भए पनि राष्ट्रियतालाई सम्मान गर्ने र राष्ट्रलाई प्रेम गर्ने सम्पुर्ण नेपालीमा महान चाड बिजयादशमीको मंगलमय शुभकामना।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार