बालबालिका शारीरिक तथा मानसिक शोषणमा कहिलेसम्म ?

  कमला भट्टराई
0 Shares

गहभरी टलपलाएको आँसु र शरीरभरि कोरिएका निलडामहरुलाई विर्सेर उनी मुसुक्क हास्छिन र निरीह हुँदै प्रश्न गर्छिन- मेरो गल्ती के थियो र यस्तो सजाय भोग्नु पर्ने ? ११ बर्षिया बालिका कृतिका राई। उनी निर्दोष थिइन ।तर उनको शरीरमा कठोर यातनाको प्रयोगशाला बनेको देख्दा मन कुटुकुटु खान्छ। कसुरबिनाको कैदी हुनुपरेको छाप कृतिकाको बालमष्तिकमा नमेटिने गरि गडेको छ।

आमाले पकाएको खाना खाएर टिफिन बोकि स्कुल जाने रहर उनको पनि थियो।तर नियतिले कृतिकालाई सहनै नसक्ने बाध्यताको कैदी बनायो।उनको बालमष्तिकले तनाव , यातना र पीडाको एउटा कहालीलाग्दो शृङ्खला सामना गर्नुपर्यो। कृतिका गरिब परिवारमा जन्मेकी एउटि छोरी हो बाबा आमा र उ गरि  ३ जनाको सदस्य रहेको यो परिवारमा आमाले जाडरक्सी बनाएर घर खर्च टार्ने गरेकी थिइन त्यही दु:ख र मेहनतको मर्मलाई लात हान्दै रातदिन जाडरक्सी खाएर मात्ने अनि रातदिन कुट्ने गरेकाले कृतिकाकी आमाले झुन्डेर आत्महत्या गरेकि हुन।आमाको मृत्यु नै उसको दुखको कारण बन्यो ।

आमा नै नभएपछि उ बिचल्नी भएर खान लाउन अभाव बन्यो। बाबू रातदिन मात्ने आउने गरेकाले अर्काको घरमा बस्न बाध्य बन्नुपर्यो । चार कक्षामा अध्ययन गर्दै गरेकी उस्ले अब बिद्यालय जान नै बन्चित बनी ।

म एक शिक्षीका भएकोले मेरो विद्यालय जाने बाटो र उ बसेको घर एकैतिर पर्छ उस्का हरेक भोगाइ मेरा आँखा अगाडि देखिने दृश्य हुन् जुठा भाडा मोल्नु ,घरको फोहोर बटुल्नु, लुगाफाटा धुनु, ट्वाइलेट सफा गर्नु अनि घाँस लिन जानू बिहानको दैनिकि काम थियो । ९ बजे म प्राय घरबाट बिद्यालय हिड्ने गर्छु बिद्यालय जाने क्रममा उ घाँस जाँदै गरेको देखेर मैले उसलाई तिमि स्कुल जान्नौ भनेर सोधे?? स्कुल पठाउनु त हुन्न काम गर्नु पर्छ, काम नगर्दा कुटाइ खाइन्छ खान पाइन्दैन दिनभर भोकै बस्नुपर्ने लगायतका कुरा गर्दै जंगल पसिन म स्कुल गए ।स्कुल गएर विद्यालयमा सबै स्टाफ सग कुरा गरे त्यसपछि सबै स्टाफ मिलि उस्का अभिभावकलाई सम्झाउने भन्ने हाम्रो सल्लाह भयो। केहिदिनमा हामी सबै मिलेर उ बसेको घर गयौ विद्यालयबाट बंचित नगराउन आग्रह गरियो।
हामिले चिने जानेका मान्छेलाई पनि सम्झाउन आग्रह गर्यौ । फलस्वरुप कृतिका विद्यालय जान त पाई तर शारीरिक र मानसिक शोषणबाट भने अझै पिडित नै छ। आफुले सक्ने भन्दा बढी कामहरु गर्नुपर्ने नगर्दा कुटाइ खाएर निलडाम बोकेर स्कुल जानू पर्ने , समयभन्दा ढिलो जाने विद्यालयका गृहकार्य गर्न समेत समय नमिल्ने उस्को स्थिति छ।! कृतिका त एक उदाहरणीय एक पात्र मात्र हो। यस्ता हज्जारौं बालबालिका कमाइ खाने भाडो बनिएका छन शारीरिक र मानसिक पिडाबाट ग्रस्त छन सडक सडकमा भौतारिन बिबश छन। कलकारखाना तथा ठुल्ठुला होटल ,रेस्टुरेन्टमा काम गर्न बाध्य छन ।
सबैको आखामा यस्ता दृश्यहरु छर्लङ्ग भएर पनि उनिहरु मौन छन , चुपचाप बस्छन। अनि एकदिन मन्चमा गएर बालअधिकार र मानवअधिकारको भासण गर्छन। व्यबहारमा लागू नगरी भासणमा सिमित बालअधिकारको अर्थ के?  अनि किन बनाइन्छ बालबालिकालाई कमाइ खाने भाडो? किन जादैन पिडित बालबालिकामा संबंधित निकायको ध्यान? भैरहेको शोषण देखि देखि किन बस्छन चुप? मेरा प्रश्नको जवाफ दिने कस्ले??

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार