समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, विमल र नवयुगले जिताए नेपाललाई

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई  दुई शूुन्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ३३ औं मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरको हातबाट फुत्किंदै गोल भएको थियो ।

खेलको ९० औं मिनेटमा नवयुगले अर्को गोल गरेका थिए । नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अर्को समुहबाट कुन टीम विजेता र उपविजेता बन्ने भन्ने टुंगो लागिसकेको छैन ।

आजको पहिलो खेलमा भुटानलाई पाकिस्तानले हराएपछि नेपालले बंगलादेशलाई हराउनैपर्ने दबाब थियो । लगभग ३ हजार दर्शक रहेको बंगबन्धु रंगशालामा नेपालले त्यसै अनुसारको खेल खेल्दै जीत मात्र हात पारेन समुह विजेता पनि बनेको हो ।  नेपाल रहेको समुहबाट पाकिस्तान उपविजेता बनेको छ भने आयोजक बंगलादेश समुह चरणबाटै बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार