समुहकै बलियो टिम बेल्जियम र नवप्रवेशी पानामाबीचको खेल कस्तो होला ? हेर्नुहोस् अंक गणित

रुसमा चलिरहेको विश्वकप फुटवमा आज बेल्जियम र पानामा खेल्दैछन् । विश्वकप फुटबलको समूह ‘जी’ मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् ।

समुह ‘जि’ मा रहेका बेल्जियम र पानामा आज खेल्न लागेका हुन् । यी दुईबीचको आज नेपाल समय अनुसार राती पौने ९ बजेबाट सुरु हुँदैछ । बेल्जियम समूह ‘जि’ को बलियो टिमको रुपमा रहेको टोली हो ।

त्यस्तै पानामा रुसबाट विश्वकपको यात्रा सुरु गर्दैछ । फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो भने वरियताको ५५ औँ स्थानमा रहेको पानामा रुसबाट यात्रा सुरु गर्दैछ ।

उसले आज विश्वकप फुटवलमा सहभागीता जनाउँदै इतिहास रच्ने योजनामा छ । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । बेल्जियमले १९३० पछि ११ पटक विश्वकपमा सहभागिता जनाएको छ ।

विश्वकपको दाबेदारी दिन सक्ने बेल्जियम यसपटक सेमिफाइनलसम्म पुग्ने अनुमान छ । यसैले पानामामाथि बेल्जियम हाबी हुने अनुमान गर्न सकिन्छ । अहिले खेलाडी हेर्दा बेल्जियम टिम सन्तुलित देखिन्छ ।

तर गएको विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग १÷० ले पराजित भएको थियो बेल्जियम । बेल्जियमले विश्वकपमा १४ खेल जितेको छ । नौ खेल बराबरी गरेको छ भने १८ खेल हारेको छ । जसमा ५२ गोल गरेको बेल्जियमले ६८ गोल खाएको छ ।

रसिया विश्वकप छनोटको १० खेलमा बेल्जियमले ९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । जसमा बेल्जियमले ४३ गोल गरेको थियो भने ६ गोल खाएको थियो ।

चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।

पानामाले विश्वकप छनोटमा ३ खेल जितेको थियो । ४ खेल बराबरी गरेको पानामाले ३ खेल हारेको थियो । जसमा ९ गोल गरेको पानामाले १० गोल खाएको थियो ।

पानामा अन्तिम छनोट खेलमा कोस्टारिकालाई २÷१ ले हराएर विश्वकपमा आएको हो । पानामाले तुलनात्मक रुपमा आफुभन्दा बलियो टोली पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार